साझा न्यूज । तौलिहवा
सत्ता गठबन्धनका दलहरुविच आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि कपिलबस्तुमा प्रतिनिधि सभा तर्फका उम्मेदवारको नाम टुंगिइएको छ ।
सत्ता गठबन्धनका तर्फबाट कपिलबस्तु क्षेत्र नं. ३ मा नेपाली कांग्रेसका अभिषेक प्रताप शाहको नाम टुंगिएको छ । शाह २०७४ को निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए ।
त्यस्तै कपिलबस्तु क्षेत्र नं. २ मा नेपाली कांग्रेस कपिलबस्तुका पूर्व पार्टी सभापति एवम् लुम्बिनी प्रदेशका महामन्त्री सुरेन्द्रराज आचार्यको नाम सत्ता गठबन्धन दलबाट टुगिंएको हो । आचार्यलाई २०७४ को निर्वाचनमा नेकपा एमालेका उम्मेदवार बृजेश कुमार गुप्ताले पराजित गरेका थिए ।
त्यस्तै कपिलबस्तु क्षेत्र नं. १ सत्ता गठबन्धनका तर्फबाट मओबादीका नेता एवम् पुर्व कृषि मन्त्री चन्द्र प्रकाश खनाल(बलदेव)को नाम टुंगिएको हो ।