साझा न्यूज । तौलिहवा
आगामी मंसिर ४ मा हुने कपिलबस्तुका युवा नेता गयादिन कुर्मी(दिपु) लौरो चुनाव चिह्नबाट चुनाव लड्ने घोषणा गर्नु भएको छ । कुर्मी समाजिक संजाल फेसबु मार्फत चुनाव लड्ने घोषणा गर्नु भएको हो ।
लामो समय नेविसंघमा काम गरेका कुर्मी कपिलवस्तु–२ को प्रदेशसभा ‘ख’ बाट लौरो चुनाव चिह्न लिएर चुनाव लड्न लागेका हुन् । कुर्मी २ कार्यकाल तौलिहवा उद्योग बाणिज्य संघको अध्यक्ष समेत भइसकेका छन् । स्थानीय तहको चुनाव यता उनी कांग्रेसमा असन्तुष्टि रहदै आएका थिए ।
‘बा आमालाई टेकाउन भ्रष्टहरुलाई सेकाउन’ भन्ने अभियानका साथ देशभर लौरो चुनाव चिह्न लिएर लड्ने बढिरहेका छन् । लौरो चुनाव चिह्न हाम्रो नेपाली पार्टीको नाममा छ । स्थानीय तहमा स्वतन्त्र चुनाव चिह्न रहेको लौरो आसन्न चुनाव अगावै पार्टीको चुनाव चिह्न भएको छ ।