साझा न्यूज । तौलिहवा
आगामी मंसिर ४ मा हुने निर्वाचनका लागि नेकपा एमालेले कपिलबस्तुको तिन वटै क्षेत्रका प्रतिनिधि सभाका उम्मेदवारको नाम टुंगो लगाएको छ । जसमा कपिलबस्तु क्षेत्र नं. १ मा बलराम अधिकारी, क्षेत्र नं. २ मा बृजेश कुमार गुप्ता र क्षेत्र नं. ३ मा मंगल प्रसाद गुप्ताको नाम टुंगो लगाएको हो ।
त्यस्तै नेकपा एमालेले लुम्बिनी प्रदेशको पूर्वी रुकुमबाहेक सबै जिल्लाको उम्मेदवार टुंगो लगाएको छ । जसपा र राप्रपासँग तालमेल हुने क्षेत्र छुट्याएर एमालेले टिकट वितरण गरेको हो ।
एमालेको रुपन्देही–१ बाट छवीलाल विश्वकर्मा, रुपन्देही–२ बाट विष्णुप्रसाद पौडेललाई उम्मेदवार बनाएको छ । रुपन्देह–३ मा राप्रपाका लागि छुट्याइएको छ ।, रुपन्देह–४ मा तालमेलका लागि छुट्याइएको छ ।, रुपन्देही–५ पनि तालमेलका लागि छुट्याइएको छ ।
दाङ–१ मा शान्ता चौधरी, दाङ–२ मा शंकर पोखरेल र दाङ–३ मा कोमल वलीले टिकट पाएकी छन् । त्यस्तै बाँके–१ मा सूर्यप्रसाद ढकाल, बाँके–३ मा किस्मतकुमार कक्षपतिले टिकट पाएका छन् । बाँके–२ तालमेलका लागि छुट्याइएको छ ।
बर्दिया–१ मा लक्ष्मणराज ज्ञवाली, बर्दिया–२ मा पंकजसिंह रौठोरले टिकट पाएका छन् । गुल्मी–१ मा प्रदीपकुमार ज्ञवाली, गुल्मी–२ मा गोकर्णराज बिष्ट उम्मेदवार बन्नेछन् ।
त्यस्तै पाल्पा–१ मा नारायणप्रसाद आचार्य, पाल्पा–२ मा ठाकुर गैरेले टिकट पाएका छन् । पश्चि परासी–१ तालमेलका लागि छुट्याइएको छ । पश्चिम परासी–२ मा दीपेन्द्रकुमार अधिकारीले टिकट पाए ।
प्यूठानबाट सूर्यबहादुर थापा क्षेत्रीले टिकट पाएका छन् । अर्घाखाँचीबाट टोपबहादुर रायमाझीले टिकट पाएका छन् । रोल्पाबाट पूर्णबहादुर बुढामगरले टिकट पाएका छन्