राष्ट्रपति विद्यादेवी भण्डारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनलाई रुघाखोकी र ज्वरोसँगै जीउ दुख्ने भएपछि शनिबार त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको थियो ।
अस्पताल स्रोतका अनुसार राष्ट्रपतिको स्वास्थ्य परीक्षणका क्रममा कोरोना संक्रमण पुष्टि भएको हो । तर, अहिले राष्ट्रपति भण्डारीको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ । ‘कोरोना संक्रमण पुष्टि भएको छ ।
तर स्वास्थ्य सामान्य छ, अहिले ज्वरो पनि छैन, जीउ दुख्ने समस्या पनि कम भएको छ’, राष्ट्रपति निकट स्रोतले भन्यो ।