त्रिभुवन शिक्षण अस्पतालमा उपचाररत राष्ट्रपति विद्यादेवी भण्डारी आज डिस्चार्ज भएकी छिन् ।
उनको स्वास्थ्यमा सुधार आएपछि आज दिउँसो डिस्चार्ज गरिएको हो । चिकित्सकको सल्लाह अनुसार अब केही दिन राष्ट्रपति भण्डारीले आफ्नै निवासमा बसेर आराम गर्नेछिन् ।
उनलाई ज्वरो र खोकी लागेपछि गत असोज २२ गते त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको थियो।