दैलेखको गुराँस गाउँपालिकामा करेन्ट लागेर एक बालिकाको मृत्यु भएको छ ।
सडकमा लत्रिएको विद्युतको तारबाट करेन्ट लाग्दा गुराँस गाउँपालिका वडा नम्बर ४ की १३ वर्षीया दीपिका नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।
गुराँस गाउँपालिका–२ को गयलसेना भन्ने ठाउँमा बाटोमा लत्रिएको तारबाट उनलाई करेन्ट लागेको दैलेखका प्रहरी निरीक्षक पुरुषोत्तम कार्कीले बताए ।
बालिकाको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल दैलेखमा लगिएको छ ।