Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

कात्तिक ८ गते मङ्गलबार खण्डग्रास सूर्यग्रहण


कात्तिक ८ गते मङ्गलबार खण्डग्रास सूर्यग्रहण

कात्तिक ८ गते मङ्गलबार कात्तिक कृष्ण औँसीका दिन खण्डग्रास (थोरै सूर्य ढाक्ने) सूर्यग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

ग्रहणले अपराह्न ४ः५२ बजे स्पर्श गर्ने छ । ग्रहण लागेको ३२ मिनेटपछि बेलुकी ५ः२४ बजे सूर्यास्त हुने समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले राससलाई जानकारी दिनुभयो । करिब ३२ मिनेटमात्र नेपालबाट ग्रहण देखिने उहाँले सुनाउनुभयो । नेपालबाट नदेखिने भए पनि ग्रहणले बेलुकी साढे सात बजे छाड्ने छ । शास्त्रीय मान्यताअनुसार कात्तिक ८ गते बिहान ४ः५२ बजेदेखि बाल, वृद्ध र बिरामीबाहेक अरुलाई भोजन निषेध गरिएको छ ।

ग्रहण बार्नेले कात्तिक ९ गते बिहान सूर्योदय नभएसम्म अन्न खान निषेध गरिएको छ । ग्रहणका समयमा स्नान, दान, श्राद्ध, जप, ध्यान, साधनालगायत कर्म गर्न शुभ मानिन्छ । ग्रहणका समयमा दीक्षामन्त्र लिन पनि उत्तम हुने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतम बताउनुहुन्छ । ग्रहणका बेला सकेसम्म तीर्थस्थलमा नसके नजिकको नदी, ताल, तलाउ, पोखरी यति पनि सम्भव नभए घरमै स्नान गर्नुपर्ने निर्णयसिन्धु, हेमाद्रि, कालमाधव, वीरमित्रोदयलगायत धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ ।

ग्रहणका बेला गर्न हुने र नहुने कामलाई यी ग्रन्थमा यसरी उल्लेख गरिएको छ । निद्रायां जायते व्याधि मुत्रे दारिद्रमाप्नुयात् । पुरिषे कृमियोनिश्च मैथुने ग्रामसुकरः । अभ्यञ्जने भवेत्कुष्ठि भोजने स्यादधोगति । बन्धने च भवेत् सर्पे वधे च नरकं व्रजेत् ।। अर्थात् ग्रहणका समयमा सुते रोग लाग्ने, पिसाब गरे दरिद्र, दिसा गरे कीरा भएर जन्मने, मैथुन गरे गाउँको सुङ्गुर भएर जन्मने, सिङ्गारपटार गरे कुष्ठरोगी, भोजन गरे अधोगति, बन्धनमा राखे सर्प भएर जन्मने, काटमार गरे नरकमा बास हुने उल्लेखित धार्मिकग्रन्थमा वर्णन गरिएको छ ।

सूर्य ग्रहणमा चार प्रहर (१२ घण्टा) र चन्द्रग्रहणमा तीन प्रहर (नौ घण्टा) अघिदेखि सुतक लाग्ने धर्मशास्त्रविद् गौतमले सुनाउनुभयो । सुतक लागेपछि भोजन गर्न नहुने धार्मिक विश्वास छ । यसै विश्वासअनुसार कात्तिक ८ गते बिहान ४ः५२ बजेदेखि भोजन गर्नु हुँदैन । ग्रहणका समयमा नित्यकर्म गर्नु हुन्छ । घरमा तिथि, श्राद्ध परेमा ग्रहणमा गर्न हुने समितिले जनाएको छ । ग्रहण निषेध गरिएकाबाहेक कर्म गर्न हुने जनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

लुम्बिनी प्रदेशमा राष्ट्रियसभा सदस्य उपनिर्वाचनअन्तर्गतको  मतदान‍ कार्य जारी

लुम्बिनी प्रदेशमा राष्ट्रियसभा सदस्य उपनिर्वाचनअन्तर्गतको मतदान‍ कार्य जारी

हिंसात्मक बाटोमा विप्लव, आपराधिक समूहविरुद्ध आक्रामक हुने प्रहरीको भनाई

विप्लव नेतृत्वको पार्टीले आज विशेष पत्रकार सम्मेलन गर्दै

मन्त्रिपरिषदको बैठक अपराह्न ४ बजे बस्दै

मन्त्रिपरिषदको बैठक अपराह्न ४ बजे बस्दै

भैरहवामा राेकिएको ट्रकमा कार र बस ठोक्किए, एकको मृत्यु

भैरहवामा राेकिएको ट्रकमा कार र बस ठोक्किए, एकको मृत्यु

गण्डकपीडितले  १४ वर्ष बितिसक्दासमेत क्षतिपूर्ति रकम पाएनन्

गण्डकपीडितले १४ वर्ष बितिसक्दासमेत क्षतिपूर्ति रकम पाएनन्

बौद्ध सम्प्रदायको चासोलाई कोषले सधै स्वागत गर्छ : लुम्बिनी विकास कोष

बौद्ध सम्प्रदायको चासोलाई कोषले सधै स्वागत गर्छ : लुम्बिनी विकास कोष

भर्खरै प्रकाशित

लुम्बिनी प्रदेशमा राष्ट्रियसभा सदस्य उपनिर्वाचनअन्तर्गतको  मतदान‍ कार्य जारी

लुम्बिनी प्रदेशमा राष्ट्रियसभा सदस्य उपनिर्वाचनअन्तर्गतको मतदान‍ कार्य जारी

हिंसात्मक बाटोमा विप्लव, आपराधिक समूहविरुद्ध आक्रामक हुने प्रहरीको भनाई

विप्लव नेतृत्वको पार्टीले आज विशेष पत्रकार सम्मेलन गर्दै

सञ्चार क्षेत्रप्रतिको चर्को आक्रोशले मानसिक स्तर स्पष्ट !

सञ्चार क्षेत्रप्रतिको चर्को आक्रोशले मानसिक स्तर स्पष्ट !

मन्त्रिपरिषदको बैठक अपराह्न ४ बजे बस्दै

मन्त्रिपरिषदको बैठक अपराह्न ४ बजे बस्दै

भैरहवामा राेकिएको ट्रकमा कार र बस ठोक्किए, एकको मृत्यु

भैरहवामा राेकिएको ट्रकमा कार र बस ठोक्किए, एकको मृत्यु

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि