Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

कपिलबस्तुमा बजार अनुगमनमा तिब्रता, अनुज्ञापत्र विना सञ्चालित बेकरी उद्योगलाई दश हजार जरिवना

Author Avatar साझा न्यूज 20th October 2022 , 8:04 PM
कपिलबस्तुमा बजार अनुगमनमा तिब्रता, अनुज्ञापत्र विना सञ्चालित बेकरी उद्योगलाई दश हजार जरिवना

साझा न्यूज । संवाददाता
तौलिहवा, कात्तिक ३ गते । चाड पर्वलाई लक्षित गरी कपिलबस्तुमा बजार अनुगमनलाई तिब्रता दिइएको छ । जिल्ला भित्र रहेको मिठाई पसल, किरना पसल, होटल तथा रेष्टुरेण्ट, बेकरी उद्योगहरुमा अनुगमन गरिरहेको हो । अनुगमनको क्रममा लेबल नलगाएको, म्याद गुज्रेको समानहरु जफत गरी नष्ट गरिएको छ ।

अनुगमन टोलीले जिल्लाको शुद्धोधन गाँउपालिकाको लबनीमा सञ्चालित एक बेकरी उद्योगलाई दश हजार जरिवना समेत गरेको जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि बाबुराम शर्माले बताउनुभयो । बेकरीले खाद्यको अनुज्ञापत्र नलिएको, उत्पादित बस्तुमा लेबल विना विक्री वितरण गरेको र उत्पादित बस्तुलाई अव्यवस्थीत राखेकोले जरिवना गरिएको प्रतिनिधि शर्माले बताउनुभयो । उहाँले भन्नुभयो उपभोक्ताको स्वास्थ्य माथि खेलवाड गर्ने जो कोहीलाई कारवाहीको दयरामा ल्याउने बताउनुभयो ।
त्यस्तै अनुगमनको क्रममा ठुलो कसुर गरेको भेटिए उपभोक्ता संरक्षण ऐन र कालोबजारी ऐन अन्तर्गत कारवाही समेत गरिने उहाँको भनाई छ । उपभोक्ताको स्वस्थकर गुणस्तरीय उपभोग्य सामग्री खान पाउने अधिकार सुनिश्चित गर्न जिल्ला प्रशासन कार्यालय निरन्तर लागेको शर्माले बताउनुभयो ।

किरना तथा मिठाई पसलहरुमा अखाद्य बस्तु नबेच्न र होटलहरुमा सरसफाई बढाउनका कालो बजारी नियन्त्रण गर्ने उद्देश्यले बजार अनुगमन गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय कपिलबस्तुका प्रमुख शिव शंकर मिश्रले बताउनुभयो ।
बजार अनुगमनको क्रममा दर्ता विना सञ्चालनमा रहेको होटल, रेष्टुरेण्ट तथा पसललाई चाडै दर्ता गरि सञ्चालन गर्ने निर्देशन दिइएको घरेलु तथा साना उद्योग कार्यालय कपिलबस्तुका नि.प्रमुख विष्णु पोखरेलले बताउनुभयो । ‘चाडपर्व केन्द्रित बजार अनुगमनले उपभोक्तालाई हित गर्छ भने ब्यवसायीहरुलाई सच्चिने अवसर प्राप्त हुन्छ’–नि.प्रमुख पोखरेले भन्नुभयो–‘जिल्लाका विभिन्न क्षेत्रमा सबै खालका पसलहरुको अनुगमन गरिनेछ ।’

अनुगमनको क्रममा घरेलु तथा साना उद्योग कार्यलयका श्रवण कुमार शैनी, शुद्धोधन गाँउपालिकाका लेखापाल जियाउर रहमान, प्रहरी लगायतको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

भर्खरै प्रकाशित

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज