Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

प्लाष्टिकका माला उपयोग नगर्न फ्यानको आग्रह


प्लाष्टिकका माला उपयोग नगर्न फ्यानको आग्रह

काठमाडौँ । फ्लोरिकल्चर एशोसिएसन नेपाल (फ्यान) का अनुसार नेपालमा एक सय ७८ हेक्टर जमिनमा व्यावसायिक फूलखेती हुने गरेको छ। हाल नेपालका ४४ जिल्लामा व्यावसायिक फूलखेती भइरहेको छ। यस वर्षको भाइटीकामा विभिन्नथरीका रु १४ करोड मूल्य बराबरको २४ लाख माला खपत हुने अनुमान छ। यस वर्षको भाइटीका कात्तिक १० गते परेको छ।

यस वर्ष सरकारले तिहारमा फूल र माला आयातमा रोक लगाएको छ। जसले गर्दा पुष्प व्यवसायी, किसान तथा उपभोक्तालाइ राहत हुने भएको छ। माला एकपटक प्रयोग हुने वस्तु हो। ‘किसानले तिहारमा माला बिक्री गर्ने उद्देश्यले पुष्पखेती गरेका हुन्छन्। तर उपभोक्ताले प्लाष्टिकका माला प्रयोग गरेपछि आम किसान मर्कामा पर्ने भएकाले प्लाष्टिकका माला उपभोग नगर्न आग्रह गरेका हौँ’, फ्यानका महासचिव विश्वमणि पोखरेलले बताए।

प्रायःतिहारमा सयपत्री, मखमली र गोदावरी फूलको खपत हुने गरेको छ। नेपालमा फूल तथा फूलजन्य सामग्री छिमेकी मुलुक भारतबाट आयात हुने गरको थियो। नेपाल फूलमा आत्मनिर्भर छैन। गत वर्ष नेपालले रु ११ करोडको फूल आयात गरेको थियो। गत वर्षको तिहारमा भारतबाट झन्डै तीन लाख वटा माला आयात भएको थियो। तर यस वर्ष समयमा नै वर्षा भएकाले फूलको उत्पादन बढेको हुँदा आयात आवश्यक नपर्ने फ्यानले बताएको छ।

नेपालमा व्यावसायिक फूलखेती सुरुआत भएको २५ वर्ष पुगिसकेको छ। विसं २०११ बाट नेपाल प्राइभेट नर्सरीको स्थापनासँगै सामान्यस्तरमा सुरु भएको फूल व्यवसायबाट आर्थिक वर्ष २०७९-८० सम्म आइपुग्दा ४२ हजारभन्दा बढी व्यक्ति प्रत्यक्ष तथा अप्रत्यक्षरुपमा लाभान्वित भएका छन्। नेपालको भौगोलिक विविधताका कारण संसारमा पाइने जुनसुकै फूल तथा वनस्पति खेती गरेर निर्यातसमेत गर्न सकिने प्रचुर सम्भावना छ।

‘पुष्प क्षेत्रको लगानीबाट राम्रो प्रतिफूल लिन सकिन्छ। विश्वमा नेपाली फूल ‘हिमालयन फ्लावर’ का नाममा बिक्री हुनसक्छ। तर बृहत् लगानी हुन सकेका छैनन्। ठूला लगानी भित्र्याउन सरकारले नीतिगत सुधारमा ध्यान पुर्‍याउनुपर्छ’, अध्यक्ष गोल्छाले भने।

धार्मिक, सांस्कृतिक तथा सामाजिक क्षेत्रमा फूलको महत्व रहिआएको छ। फूलले नेपालको अर्थतन्त्रमा ठूलो टेवा पुर्‍याउने सम्भावना छ। सयपत्री फूलखेती गर्न उर्वर जमिनको आवश्यकता पर्दैन। भिरालो तथा खेतबारीका आली तथा कान्ला, आँगनका डिल, गमला एवं घरघरका कौशीमा फूलखेती गर्न सकिन्छ।

नेदरल्याण्ड विश्मा धेरै फूल निर्यात गर्ने देशमा पर्छ। नेपालले फूल निर्यात गर्नसक्ने सम्भावना रहेको फ्लोरिकल्चर एशोसिएसन नेपालका पूर्वध्यक्ष कुमार कसजुले जानकारी दिए।

फूल पवित्र वस्तु भएकाले नेपालमा जन्मदेखि मृत्युसम्म उपभोग हुँदै आएको छ। यसको आवश्यकता सबै जातजाति र धर्म, संस्कृतिमा बराबरी छ। कृषि विभागका उपमहानिर्देशक डा हरिबहादुर केसीले सरकारी लगानी खाद्यबालीमा केन्द्रित भएका कारण पुष्प क्षेत्रमा अपेक्षाअनुसार लगानी हुन नसकेको जानकारी दिए।

वनस्पति विभागका महानिर्देशक डा राधा काफ्लेले नेपालमा वर्षैभरि फूलिरहने गोदावरी फूलको विकास गरेको भन्दै यसको प्रवद्र्धनका लागि विभागले फ्यानसँग सहकार्य गर्दै आएको जानकारी दिए।

फ्यानका अध्यक्ष मीनबहादुर तामाङले सङ्घीयता लागू भएसँगै पुष्प क्षेत्र हेर्ने केन्द्रीय निकाय नै नभएको गुनासो गरे। उनले पुष्प क्षेत्रको प्रवद्र्धनका लागि सरकारले पुष्प प्रवद्र्धन नीतिको पुनर्लेखन गरी लागू गर्नुपर्छ भने। पुष्प प्रवद्र्धन नीति अहिलेसम्म कार्यान्वयनमा आएको छैन। नीतिको समयसापेक्ष परिवर्तन आवश्यक छ। नेपालमा पुष्पखेतीका लागि हालसम्म ‘हाइब्रिड’ बीउ र ‘टिस्यू कल्चर’ बिरुवा उत्पादन प्रविधि नभएका कारण फूलको मागअनुसार उत्पादन हुन नसकेकाले बेलाबखतमा आयात गर्नुपरेको हो।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

चीनको एक कोइला खानीमा आगलागी, १६ जनाको ज्यान गयो

चीनको एक कोइला खानीमा आगलागी, १६ जनाको ज्यान गयो

स्वीकृतिबिना पुरातात्विक क्षेत्र कुदानमा लुम्बिनी विकास कोषले गेट निर्माण गर्दै

स्वीकृतिबिना पुरातात्विक क्षेत्र कुदानमा लुम्बिनी विकास कोषले गेट निर्माण गर्दै

उपाध्यक्ष ल्हारक्यालले मायादेवी मन्दिर जीर्णोद्धारमा ७ करोड दिने

बढ्याे मायादेवी मन्दिरको प्रवेश शुल्क

सगरमाथा क्षेत्र पुग्ने पर्यटकको सङ्ख्या ८४ प्रतिशतले बढ्यो

सगरमाथा क्षेत्र पुग्ने पर्यटकको सङ्ख्या ८४ प्रतिशतले बढ्यो

कपिलबस्तु आउदै शेखर कोईराला र मन्त्री आचार्य

कपिलबस्तु आउदै शेखर कोईराला र मन्त्री आचार्य

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यको पहलमा भारतमा बेचिएका दुई किशोरीको उद्धार

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यको पहलमा भारतमा बेचिएका दुई किशोरीको उद्धार

भर्खरै प्रकाशित

चीनको एक कोइला खानीमा आगलागी, १६ जनाको ज्यान गयो

चीनको एक कोइला खानीमा आगलागी, १६ जनाको ज्यान गयो

दोस्रो एकदिवसीय क्रिकेटमा भारतसँग अस्ट्रेलिया ९९ रनले पराजित

दोस्रो एकदिवसीय क्रिकेटमा भारतसँग अस्ट्रेलिया ९९ रनले पराजित

स्वीकृतिबिना पुरातात्विक क्षेत्र कुदानमा लुम्बिनी विकास कोषले गेट निर्माण गर्दै

स्वीकृतिबिना पुरातात्विक क्षेत्र कुदानमा लुम्बिनी विकास कोषले गेट निर्माण गर्दै

मुख्यमन्त्री चौधरीले गरे प्रमुख राजनीतिक सल्लाहकार नियुक्त

मुख्यमन्त्री चौधरीले गरे प्रमुख राजनीतिक सल्लाहकार नियुक्त

उपाध्यक्ष ल्हारक्यालले मायादेवी मन्दिर जीर्णोद्धारमा ७ करोड दिने

बढ्याे मायादेवी मन्दिरको प्रवेश शुल्क

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज