नवलपरासी बर्दाघाट सुस्ता पूर्वको गैंडाकोट नगरपालिका–९, जयश्रीपुल नजिकै आज बिहान भारतीय तीर्थयात्री सवार बस दुर्घटना हुँदा कम्तीमा २२ जना घाइते भएका छन् ।
प्रहरीका अनुसार भारतको गुजरातबाट पशुपति दर्शनका लागि काठमाडौं आउँदै गरेको भारतीय नम्बर प्लेटको बस बिहान सवा ५ बजे पल्टिएको थियो ।
घाइतेहरूलाई उपचारका लागि भरतपुर पठाईएको इलाका प्रहरी कार्यालय गैंडाकोटले जनाएको छ ।