Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

दुई किशोरीमाथि सामूहिक बलात्कारको आरोपमा ९ जना पक्राउ

Author Avatar साझा न्यूज 3rd November 2022 , 7:34 PM
दुई किशोरीमाथि सामूहिक बलात्कारको आरोपमा ९ जना पक्राउ

दुईजना किशोरीलाई अपहरण गरी सामूहिक जबर्जस्ती करणीमा संलग्न नौ जनालाई प्रहरीले रूपन्देहीबाट पक्राउ गरेको छ ।

रूपन्देहीको कञ्चन गाउँपालिकामा भएको सांस्कृतिक कार्यक्रम हेरी दाजुहरूसँग रातको सवा एक बजेपछिको समयमा घर फर्कने क्रममा मोटरसाईकलमा आएका १२र१३ जना मानिसहरूको समूहले दुई किशोरीलाई जबर्जस्ती करणी गरेको प्रहरीको दाबी छ ।

जबर्जस्ती करणीको अभियोगमा पक्राउ पर्नेहरूमा रूपन्देहीको सैनामैना नगरपालिका वडा नम्बर ११ वनकट्टी वस्ने १९ वर्षीय पदम कार्की, १६ वर्षीय परिवर्तित नाम एन टी, रुपन्देही गैँडहवा गाँउपालिका वडा नम्बर ८ मैनिया दुर्गामन्दिर बस्ने १८ वर्षीय राहुल परियार, वर्ष १७ को परिवर्तित नाम पि एम, सैनामैना नगरपालिका वडा नम्बर ११ वनकट्टी बस्ने वर्ष १८ को बबि पाण्डे, वर्ष १५ को परिवर्तित नाम एस बि, गैँडहवा गाउपालिका वडा नम्बर८ मैनिया दुर्गामन्दिर बस्ने वर्ष २६ को राम बहादुर बिक, वर्ष १६ को परिवर्तित नाम ए पस र वर्ष १४ को परिवर्तित नाम एस एस रहेका छन् ।

प्रहरीका अनुसार पिछा गर्दै आएका व्यक्तिहरूले मोटरसाइकल तेस्र्याई बाटो छेकी घरेलु धारिलो हतियार देखाई पीडित बालिकासँगै रहेका मानिसहरुलाई शारीरिक आक्रमण गरी १५ वर्षीया र १६ बर्षिया नाबालिकहरुलाई तीनवटा मोटरसाइकलमा अपहरण गरी लगेका थिए ।

ती मध्ये ६ जनाको समूहले १६ वर्षीया नाबालिकलाई कञ्चन गाउँपालिका २ स्थित गोफ्लापुर स्थितको कुडियाखोला स्थितको कञ्चन खोलाको एकान्त किनार बगरमा लगी पालैपालो जबर्जस्ती करणी गरेका थिए । त्यसक्रममा नाबालिक चिच्याएपछि गाउँलेहरूले थाहा पाई प्रहरीलाई खबर गरेका थिए ।

स्थानीयले खवर गरेपछि इलाका प्रहरी कार्यालय सालझण्डीको टोली राति साढे १ बजे नै घटनास्थलमा पुगेको थियो । त्यसक्रममा ६ जना व्यक्तिहरू पीडितलाई सोही स्थानमा छाडी भागेका थिए भने पीडित नाबालिकाको तत्काल उद्धार गरी प्रहरीले संरक्षणमा लिएको थियो । धारिलो हतियारले आक्रमण गर्दा पीडित नाबालिकाका दाजुहरू समेत घाईते भएका थिए ।

एकै ठाउँबाट अपहरणमा परेका बालिका मध्ये एकजना मात्र बालिका फेला परेकोमा अर्की १५ वर्षीया नाबालिक कहाँ छिन भनी तत्काल प्रहरीले खोजतलास गर्दा अपहरणमा परेकी १५ वर्षीया नाबालिकलाई पहिलेको घटनास्थलबाट करिब दुई किलोमिटर उत्तरमा फेला पारेको थियो । देउराली सामुदायिक वनको घनाजंगलमा लगी रातको १ः५५ बजेको समयमा सात जनाले पालैपालो जबर्जस्ती करणी गरिरहेको अवस्थामा नाबालिक चिच्याईरहेको सुनेपछि प्रहरी त्यसतर्फ गएको थियो ।

त्यसक्रममा प्रहरीले पीडित बालिकालाई एक्लै फेला पारी उद्धार गरेको थियो भने घटनामा संलग्न मानिसहरु तत्कालै फरार भएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

घटनामा संलग्न व्यक्तिहरूलाई इलाका प्रहरी कार्यालय सालझण्डस्, रुद्रपुर र सूर्यपुराको टोलीले जिल्लाका विभीन्न स्थानबाट पक्राउ गरेको हो । पक्राउ परेका सम्पूर्ण प्रतिवादीहरुलाई अपहरण र करणी सम्बन्धी कसुरमा म्याद थप गरी थप अनुसन्धान भैरहेको इलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरीक्षक जगन्नाथ मरासिनीले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

भर्खरै प्रकाशित

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज