साझा न्यूज । तौलिहवा
मेची देखि माहाकाली सम्म साईकल यात्रामा निस्कनु भएका ६१ वर्षीय राजकुमार खतिवडालाई कपिलबस्तुमा स्वागत गरिएको छ । खतिवडा २०७९ जेष्ठ २ गते देखि “शान्ति र समृद्धिको ॐ सबै लाई“ भन्ने नाराका साथ मेची देखि माहाकाली यात्रामा निस्कुनी भएको हो ।
उहाँलाई कपिलबस्तुका कपिलबस्तुका साइकले युवा र कपिलबस्तु नगरपालिकाका नगर प्रमुख सुदीप पौडेलद्वारा स्वागत गरिएको छ । सतिवडाकोे साइकल यात्राको लक्ष्य प्राप्तीको शुभकामना समेत दिइएको साइकिलिष्ट नसिर गौरीले जानकारी दिए ।