-नवलपरासी प्रतिनिधि
नेपाली काङ्ग्रेस केन्द्रिय सदस्य एवम् प्रतिनिधि सभा क्षेत्र नम्बर १ पश्चिम् नवलपरासी मा चुनावी मैदानमा दौडिएका चौधरीले आफू सदैव जनताप्रती उत्तरदायी रहने बताएका छन ।नेतृत्व सदैव जनताप्रति उत्तरदायी बन्नु पर्छ,यो हाम्रो कर्तव्य हो जनताको बल नै हाम्रो अठोटको मेरुदण्ड हो चौधरीले भने।
काङ्ग्रेसको बर्चस्व रहेको क्षेत्र तर पनि सधै पराजय भोग्नु दुर्भाग्य भएको बताउदै चौधरीले भने तपाईहरु साथ दिनुस म चारतारे झण्डाको किल्ला गाड्न आएको हु ताकी
फरक सन्दर्भमा बोल्दै नेता चौधरीले कसैले भ्रमको खेती गर्दैमा,कसैले बिरोध गर्दैमा त्यसले कुनै अर्थ नराख्ने बताए।
हामी बिकास निर्माणका लागि यो क्षेत्रको परिवर्तनका लागि एउटा टिम बनेर यहाँ आएका हौ,संगठनलाई मजबुत बनाउन आएका हौ तसर्थ दशकौ सम्म यो क्षेत्रमा काङ्ग्रेसको जरा गाडेरै चाड्छौ चौधरीको भनाई थियो ।
कार्यक्रममा बोल्दै नेपाली काङ्ग्रेस बागमती प्रदेशका महामन्त्री राजु श्रेष्ठले बिनोद चौधरी जस्तो बिकासप्रेमी नेतृत्व नवलपरासीले पाउनु सुखद भएको बताउदै चौधरीको जित नै यो क्षेत्रको परिवर्तनको सम्बाहक बन्ने दावी गरे।कार्यक्रममा आ आफ्ना धारणा राख्दै समानुपातिक उमेदवार लाल बहादुर गुरुङ,प्रदेश १ क तर्फका उमेदवार बिश्वप्रेम पाठकले राष्ट्रिय तथा अन्तरास्ट्रिय स्तरमा ख्याती कमाएको र नेपालको सिङ्गो परिचय बोकेको ब्यक्ती सग सहकार्य गरि चुनावी मैदानमा उत्रनुले जनताका लागि सुखद भएको बताए।उहा सग यो क्षेत्रका हजारौं युवाले रोजगारीका कार्यक्रमहरु चाहिरहेका छ्न यो टिमको जितले नै त्यसको सुनिश्चित गर्ने उनिहरुले बताए।
कार्यक्रममा वडा नम्बर १६ लगायत अन्य वडाका नेता तथा कार्यकर्ताहरुको उल्लेख सहभागिता रहेको थियो ।