Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

कपिलवस्तु– २ का गठबन्धन उम्मेदवारको ३० बुँदे प्रतिवद्धता (पूर्ण पाठसहित)


कपिलवस्तु– २ का गठबन्धन उम्मेदवारको ३० बुँदे प्रतिवद्धता (पूर्ण पाठसहित)

कपिलवस्तु, २२ कात्तिक ।

कपिलवस्तु जिल्लाको निर्वाचन क्षेत्र नम्बर–२ का बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुको ३० बुँदे प्रतिबद्धता–पत्र पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको छ ।

नेपाली काँग्रेस कपिलवस्तु कार्यालयको बिपी स्मृती भवनमा आयोजित पत्रकार सम्मेलनमा गठबन्धनका उम्मेदवारले आफ्नो साझा प्रतिबद्धता सार्वजनिक गरेका हुन । बाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधिसभाका उम्मेदवार रहेका नेपाली काँग्रेस लुम्बिनी प्रदेशका महामन्त्री सुरेन्द्रराज आचार्य, प्रदेशसभा २ (१) मा गठबन्धनका तर्फबाट काँग्रेस उम्मेदवार विक्रम सिंह थापा, २ (२) बाट गठबन्धनका तर्फबाट काँग्रेस उम्मेदवार सुधाकर पाण्डेय, समानुपातिक तर्फबाट माओवादी केन्द्रका संघीय उम्मेदवार जित बहादुर चौधरी र काँग्रेसका जिल्ला सभापति अब्दुल कलाम खाँ लगायतले सामुहिक रुपमा प्रतिबद्धता–पत्र सार्वजनिक गरेका हुन ।

त्यसअवसरमा बोल्दै प्रतिबद्धता पत्र तयारी समितिका संयोजक काँग्रेसका लुम्बिनी प्रदेश सदस्य रबिन्द्रनाथ ठाकुरले काँग्रेसले तयार पारेको प्रतिबद्धता–पत्रलाई महामानव बिपी कोईरालाको तस्बिरलाई साक्षी राखेर सार्वजनिक गरिएको र अक्षरशः कार्यान्वयन गरिने बताए । नागरिकता लगायतका राष्ट्रियस्तरको बिषयवस्तु पार्टीको संघको घोषणापत्रमा र प्रदेशस्तरका योजना पार्टीको प्रदेश घोषणापत्रमा समेटिएको जानकारी दिंदै निर्वाचन क्षेत्रमा तयार पारिएका प्रतिबद्धता कार्यान्वयनलाई प्राथमिकता दिने बताए । पार्टीका लागि योगदान दिएका स्वतन्त्रता सेनानीहरु भोलानाथ शर्मा र दयाशंकर मुन्सीका योगदानलाई कदर गर्न पार्टी प्रतिबद्ध रहेको उनले जनाए ।

सो अवसरमा प्रतिनिधिसभाका उम्मेदवार आचार्यले ३० बुँदे प्रतिबद्धता वाचन गरेका थिए । प्रतिबद्धता–पत्रमा उल्लेख गरिएका प्रतिबद्धता पुरा गर्न आफु मन, वचन र कर्मले लाग्ने आचार्यले विश्वास दिलाए । ३० बँुदे प्रतिवद्धता–पत्रमा पुर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि, सिचाई, युवा स्वरोजगार, महिला, पर्यटन, रोजगारी, खानेपानी, खेलमैदान निर्माण, अपाङ्गता क्षेत्र, यौनिक अल्पसंख्यक, भूमिहीन र सुकुम्वासी तथा द्वन्दपीडित र घाईतेका बिषयमा काम गर्ने प्रतिबद्धता जनाईएको छ । सो अवसरमा बोल्दै काँग्रेसका जिल्ला सभापति अब्दुल कलाम खाँले सार्वजनिक गरिएको प्रतिवद्धता–पत्र पुरा गराउने आफूहरुको दायित्व भएको बताए । प्रतिवद्धता–पत्रलाई अक्षरशः कार्यान्वयन गरिने उनले प्रतिबद्धता जनाए ।

प्रतिबद्धताको पुर्ण पाठ ः
बाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवारको प्रतिबद्धता
क्षेत्रको आवश्यकता, नेपाली कांग्रेसको प्रतिबद्धता
१.गाउँपालिका र नगरपालिकाका गाउँ देखी वडा कार्यालय र पालिका सदरमुकाम सम्म जोड्ने सडक स्तरोन्नती तथा कालोपत्रे गर्ने ।
२.प्रत्यक गाउंपालिका तथा नगरपालिकामा १,१ वटा आधुनिक खेलमैदान निर्माण र तौलिहवामा गौतमबुद्ध स्टेडियम बनाउने ।
३.प्रत्येक स्वास्थ्यचौकीहरुमा २४ घण्टे प्रसुती सेवा तथा एम्वुलेन्स नपुगेका स्वास्थ्य चौकीहरुमा एम्बुलेन्स व्यवस्थापन र संचालन गराउने ।
४. कपिलवस्तु जिल्ला अस्पतालमा आईसीयू बेड विस्तार एवम् बच्चाहरुको लागि एनआईसीयू कक्ष स्थापनामा सहयोग गर्ने ।
५.निर्वाचन क्षेत्र भित्रकापालिकाहरुमा १,१ वटा प्राविधिक शिक्षालय स्थापना साथै प्रत्यक पालिकालाई पायकपर्ने गरि छात्राबास सहित कन्या बिद्यालय स्थापनाका लागी पहल गर्ने ।
६.कपिलवस्तु बहुमुखी क्याम्पसको स्तोरन्नती गर्नुको साथै ग्रामिण भेगवाट आउने विद्यार्थीहरुको लागि बस संचालन र छात्र–छात्रावास व्यवस्थापन गर्ने ।
७.जिल्लाका बुद्ध संग सम्वन्धीत तथा अन्य धार्मिक,ऐतिहासिक,पुरातात्कि स्थलहरुको संरक्षण प्रर्वधन तथा दातृ निकाय संग सहकार्य गरि पर्यटन व्यवसायलाई बढवा दिने र कपिलवस्तु विकास कोष स्थापना, तिलौराकोटलाई समय सिमा भित्रै बिश्व सम्पदा सुचीमा सुचिकृत गराउन समन्वय र पहल गर्ने
८. सुठौली भन्सारमा इमिग्रेशन सेन्टर स्थापना गरि कपिलवस्तु नाकाबाटै पर्यटक आउने जाने व्यवस्था मिलाउन पहल गर्ने ।
९. किसानहरुको उत्पादनलाई सहज रुपमा विक्री वितरण र भण्डारण गर्न प्रत्यकपालिकामा १,१ वटा कोल्ड स्टोर स्थापना तथा संचालनमा ल्याउने ।
१०. कृषकद्वारा उत्पादित खाद्य वस्तुको सर्मथन मुल्य तोक्न पहल गर्ने ।
११.प्रत्येक पालिकाहरुको गुरुयोजना निर्माण गरि त्यसको विकासको लागि प्रदेश, संघ र दातृ निकाय संग सहकार्य गर्ने ।
१२.तिलौराकोट साझेदारी वनमा वनविहार (वन बाटिका) बनाउने ।
१३.लुम्बिनी विकास कोष द्वारा तयार परिएको कपिलवस्तु गुरुयोजना तत्काल कार्यान्यवनमा ल्याउन सहयोग गर्ने ।
१४.घर घर स्वच्छ खानेपानी नारालाई साकार पर्न प्रत्येक वडामा स्वच्छ एवम् सुरक्षित खानेपानीको लागि ओभरहेड ट्याकी स्थापना गरि संचालनमा ल्याउने ।
१५. कृषि क्षेत्रको, सिंचाई,मलखाद, बजारिकरण, उत्पादनमा सहुलियत प्रदानगरि स्थानीय स्तरमा रोजगारी सिर्जना गर्ने ।
१६. खेत–खेतमा सिंचाई पु¥याउन गाउँगाउँमा रहेको तालपोखरी संरक्षण तथा नयाँ ताल पोखरी निर्माण गर्न पहल गर्ने ।
१७.कृषि उत्पादन वृद्धिका लागि खेतको चकलाबन्दी गर्न गराउन कटिबद्ध रुपमा पहल गर्ने ।
१८.भूमिहिन तथा सुकम्बासी समस्या चाडैं समाधान गर्न पहल गर्ने ।
१९.थारु, जनजाती, आदिवासी,मुस्लिम, मधेसी, अल्पसंख्यक तथा पिछडा वर्ग र विपन्न समुदायको लागि क्षमता विकासका कार्यक्रम संचालन गर्ने तथा थारु,अवध संस्कृतिको जर्गेना गर्ने ।
२०.मदरसा शिक्षालाई मुलप्रवाहीकरणीमा ल्याउन एवम् मदरसामा प्राविधिकशिक्षा संचालन तथा मदरसामा पढाईने बिषयलाई उच्च शिक्षा सम्मको मान्यता दिन कटिबद्ध रुपमा पहल गर्ने ।
२१. पछाडी पारिएका अल्पसंख्यक जातीहरुको सबै क्षेत्रमा आरक्षण तथा विशेषाधिकारको लागि पहल गर्ने साथै शिल्पी जातिहरुको सिप विकास कार्यक्रम संचालन गर्न शिल्पी बोर्ड गठन गर्न पहल गर्ने ।
२२. मठ, मन्दिर, मस्जिद, गुम्बा र चर्च भवनहरुको संरक्षण, मर्मत, सम्भार तथानिर्माण गर्न विभेद रहित बजेटको व्यवस्था गरिने छ ।
२३. सबै धर्म संग धार्मिक कार्य र वैवाहिक कार्यको व्यवस्थापनका निम्ती प्रत्येक वडामा सामुदायिक भवन निर्माणका लागि पहल गर्ने ।
२४. युवा र महिलालाई स्वरोजगारमुलक बनाउन सिप बिकास केन्द्र स्थापनार्थ पहल गर्ने ।
२५. अपाङ्गता र फरक क्षमता भएका बिद्यार्थीको लागि स्रोत केन्द्र सञ्चालनको लागि पहल गर्ने ।
२६. द्वन्द पिडित, घाईते भई अपाङ्गता भएका, शारिरीक र मानसिक क्षति व्यहोरेका व्यक्तिलाई नियमित निशुल्क उपचारको व्यवस्था एंव छुटेका व्यक्तिको पुनः नामावली संकलन गरि उनीहरुलाई राज्यबाट दिने सुबिधाका लागी पहल गर्ने
२७. दलित र अल्पसंख्यक समुदायले उद्योग व्यवसाय सञ्चालन गर्न चाहेमा दर्ता शुलक छुटको सुनिश्चितताको लागि पहल गर्ने ।
२८. यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरुको राज्यको तीनवटै तहमा समानुपातिक प्रतिनिधीत्व एंव लोक सेवा आयोगमा अन्य भनी लड्न पाउने र जागीरमा आरक्षणको व्यवस्था गर्नका लागी पहल गर्ने ।
२९. सोनहा, भेडिहार, नटुवा, महावत, धरिकारलाई दलितबाट हटाई लोपोन्मुख जातीमा सुचिकृत गर्न पहल गर्ने ।
३०. शैक्षिक कर्जालाई सरल बनाउदै युवाहरुलाई उद्यमशील र स्वरोजगार बनाउन सहुलियतमा ऋण उपलब्ध गराउन पहल गर्ने ।

अनुरोधक
बाम–लोकतान्त्रिक गठबन्धन निर्वाचन परिचालन समिती
कपिलवस्तु क्षेत्र नम्बर २

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

औपचारिकतामा मात्र सिमित सिमसार दिवस

औपचारिकतामा मात्र सिमित सिमसार दिवस

जगदिशपुर तालमा मनाइयो २७ औं सीमसार दिवस

जगदिशपुर तालमा मनाइयो २७ औं सीमसार दिवस

बधाई लिने समय आएको छैन, सबै मिलेर विकासका काम गरौँ : लामिछाने

सरकारमा रहने कि बाहिरिने भन्ने निर्णय लिन रास्वपाको बैठक सुरु

फागुन ११ गते देखि कपिलवस्तुमा हात्तीपाईले निवारण महाअभियान

फागुन ११ गते देखि कपिलवस्तुमा हात्तीपाईले निवारण महाअभियान

सांसद अरुण चौधरी पक्राउ

सांसद अरुण चौधरी पक्राउ

सिमसार क्षेत्र संरक्षण गर्नु सबैको साझा दायित्व: प्रधानमन्त्री दाहाल

सिमसार क्षेत्र संरक्षण गर्नु सबैको साझा दायित्व: प्रधानमन्त्री दाहाल

भर्खरै प्रकाशित

औपचारिकतामा मात्र सिमित सिमसार दिवस

औपचारिकतामा मात्र सिमित सिमसार दिवस

जगदिशपुर तालमा मनाइयो २७ औं सीमसार दिवस

जगदिशपुर तालमा मनाइयो २७ औं सीमसार दिवस

बधाई लिने समय आएको छैन, सबै मिलेर विकासका काम गरौँ : लामिछाने

सरकारमा रहने कि बाहिरिने भन्ने निर्णय लिन रास्वपाको बैठक सुरु

फागुन ११ गते देखि कपिलवस्तुमा हात्तीपाईले निवारण महाअभियान

फागुन ११ गते देखि कपिलवस्तुमा हात्तीपाईले निवारण महाअभियान

सांसद अरुण चौधरी पक्राउ

सांसद अरुण चौधरी पक्राउ

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि