चार पटकको विश्वविजेता जर्मनीले विश्वकप फुटबलमा खराव सुरुवात गरेकक छ। बुधबार बेलुका भएको खेलमा जर्मनी एशियन पावर हाउस जापानसँग स्तब्धभएको हो। जर्मनीविरुद्ध जापानले पहिलो पटक जित दर्ता गरेको हो। जापानले पुर्नरगमन जित निकालेको हो। जर्मनीले खेलमा अग्रता लिए पनि त्यसलाई जोगाउन सकेन।
जापानले ४ पटकको विश्व विजेता जर्मनीलाई पराजित गर्दै कतार विश्वकपमा सानदार सुरुवात गरेको छ। २०१८ को विश्वकपमा जापान अन्तिम ११६ सम्म पुग्दा जर्मनी समूह चरणबाटै बाहिरिएको थियो।
जापानको जितमा रिस्तु डोङ र ताकुमा एसोनाले गोल गरे। जर्मनीका लागि इल्के गुएन्डोगनले एक गोल गरे। खेलको ३३ औँ मिनेटमा इल्के गुएन्डोगनले पेनाल्टीमा गोल गर्दै जर्मनीलाई सुरुवाती अग्रता दिलाए।
पेनाल्टी एरियामा जापानका गोलरक्षकले फउल गरेपछि जर्मनीले पेनाल्टी पाएको थियो। जुन अवसरलाई गुएन्डोगनले खेल जान दिएनन्। खेलको ७५ औँ मिनेटमा परिवर्तित खेलाडी रिस्तु डोङले गोल गर्दै खेललाई बराबरीमा ल्याए। किपरले पन्च गर्दै बचाएको रिबाउण्ड बललाई उनले पोष्टको जाली चुमाएका थिए।