Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

मानव अधिकारको संरक्षणका लागि प्रतिवद्ध छौ ः सरोकारवाला

Author Avatar साझा न्यूज 10th December 2022 , 7:52 PM
मानव अधिकारको संरक्षणका लागि प्रतिवद्ध छौ ः सरोकारवाला

कपिलवस्तु मंसिर २४
न्याय सम्मान र मर्यादित रोजगार, हामी सबैको सरोकार ७४ औं अन्तरष्ट्रिय मानव अधिकार दिवस २०७९ बाल बिवाह विरुद्धको अधिकार बिषयक निम्बन्ध प्रतियोगिता तथा मानव अधिकार अवस्था बारे अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
लुम्बिनी प्रदेशका पर्यटन, ग्रामिण तथा सहरी विकास राज्य मन्त्री रिना नेपालले लैंगिक हिंसाको न्यूनीकरण र मानव अधिकारको प्रत्याभूतिको लागि लुम्बिीनी प्रदेश सरकारले बिभिन्न कार्यक्रमहरु संचालनमा ल्याएको बताउनु भयो । उहाँले कार्यक्रममा प्रस्तुत आधारपत्रमा जिल्लाको तथ्यांक हेर्दा बिभिन्न हिंसाका घटनाहरुमा बुद्धि भएको देख्दा दुःखः लागेको बताउँदै यस्ता घटनाहरुलाई न्यूनिकरण गर्न स्थानियतहहरुले लैंगिक हिंसा निवारण कोषलाई सक्रिय रुपमा अगाडी बढाउनु पर्नेमा जोड दिनु भयो ।
यस्तै कपिलवस्तु नगरपालिकाका नगर प्रमुख सुदिप पौडेलले कार्यक्रमको शुभकामना दिंदै मानव अधिकारको संरक्षणका लागि आफू प्रतिवद्ध भएको बताउनु भयो । उहाँले नगरमा हुने बिभिन्न हिंसात्मक घटनाहरुलाई न्यूनिकरण गर्न नगरपालिका योजनाबद्ध रुपमा लाग्ने प्रतिवद्धता जनाउनु भयो । कार्यक्रममा जिल्ला समन्वय समितीका पुर्व उपाध्यक्ष तारावती चोधरीले लैंगिक हिंसा न्युनिकरण गर्न शिक्षाको आवश्यकता भएको बताउनु भयो । समाजमा बसोवास गर्ने आम नागरिकको अधिकारको हक अधिकारको लागि सबै एकजुट हुनपर्नेमा जोड दिनु भयो ।
यसैगरी महाराजगंज नगरपालिकाका उप प्रमुख रिता कुमारी कुर्मीले मानव अधिकार काजको पानामा लेखिन्छ तर कार्यान्वयन नभएको बताउनु भयो । उहाँले सानो उमेरमा बिवाह गर्न रोक लगाउने र दाईजो बिरुद्धको बिभिन्न अभियानहरु संचालन गर्नुपर्नेमा जोड दिनुभयो । आज सम्म कागजमा लेखिएका हक अधिकारका कुराहरु कार्यान्व्यन खासै भएको नदखिएको बताउनु भयो ।
यस्तै शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेश शरण चौधरीले मानव अधिकारको संरक्षण गर्न आजको आवश्यकता भएको बताउनु भयो । १६ दिने अभियान दिवसमा मात्र होईन ३ सय ६५ दिन नै बिभिन्न अभियानहरु संचालन गर्नुे बतानु भयो ।
नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष किरणमान बज्राचार्यले मानव अधिकार भन्ने शब्द नै आफैमा गहन भएको बताउनु भयो । मानव अधिकारको बिषयमा आगामी दिनमा गाउँगाउँ सम्म पुगेर संचालन गरिनु पर्ने बताउँदै अधिकार संगै कर्तव्य पनि पुरा गर्नुपर्ने बताउनु भयो ।
कार्यक्रममा मानव अधिकार रक्षक संजाल लुम्बिनी प्रदेश संयोजक रविन्द्रनाथ ठाकुरले मानव अधिकारको अवस्थाको बारेमा प्रकाश पार्नु भएको थियो । भने इन्सेक जिल्ला प्रतिनिधी पार्वती आचार्यले जिल्लाको लैगिंक हिंसाको अवस्था र मानव अधिकारको अवस्थाको बिषयमा आधारपत्र प्रस्तुत गर्नु भएको थियो । प्रस्तुत कार्यपत्रको टिप्पणी संचारकर्मी बसन्त बञ्जाडेले गर्नु भएको थियो ।
बालबिवाह बिरुद्ध निवन्ध प्रतियोगितामा १२ वटा बिद्यालयका बिद्यार्थीहरुले भाग लिएका थिए । जसमा प्रथम पुरस्कार तिलौराकोट माबिका कलिमुन निशा मुसलमान, दृतिय पुरस्कार सगरमाथा ईग्लिस बोर्डिङ्ग स्कूलका सरिता यादव र तृतिय पुरस्कार सनसाईन आवासिय माध्यमिक बिद्यालयका सुधा चौधरी र सान्तवना पुरस्कार धर्मभक्त मा.वि. बभनीका साहिन बानु दर्जीले प्राप्त गरेकी थिईन्।
मानव अधिकारको क्षेत्रमा लामो समय सम्म यौनिक तथा लैंगिक अल्पसंख्यक, दलित, जनजाति, मधेशी, मुश्लिम, पिछडा वर्गको अधिकारको क्षेत्रमा काम गर्नु भएका बरिष्ठ मानव अधिकारकर्मी राम दयाल ठाकुर र मानव अधिकार रक्षक संजालका अध्यक्ष तथा इन्सेक संग आवद्ध मानव अधिकार समूहका अध्यक्ष पुष्पा रेग्मी रु. ५ हजार नगद, सम्मान पत्र र दोसल्लाहले सम्मानित हुनु भएको हो । कार्यक्रममा कपिलवस्तु नगरपालिका वार्ड २ मा स्वास्थ्य चौकी निमार्णका लागि जग्गा उपलब्ध गराउने जग्गा दाता युवा सामाजिक अभियान्ता बृजेश भट्टरा र उनकी पत्नी खुश्बु उमरको जोडीलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा मेरो पालिकामा बाल विवाह हुन दिन्न, बाल विवाह भई रहेको थाहा पाएमा तत्कालै रोक्ने छु । बाल विवाह गर्नेलाई बहिष्कृत गर्नेछु । साथै बाल विवाह विरुद्ध आवाज उठाउने छु , पालिकाबाट दिइने सेवा सुविधावाट बञ्चित गर्नेछु भन्ने प्रतिवद्धता जाहेर गर्दै स्थानीय तहका प्रमुखहरुले हस्ताक्षर समेत गरेका छन् ।
जवाफदेही निगरानी समिती कपिलवस्तुको आयोजनामा कपिलवस्तुको सभाहलमा सम्पन्न कार्यक्रममा भिएसओ, मधेश मानव अधिकार गृह, ओरेक नेपाल, इन्सेक, साथी संस्था, नव जीवन, डिआरएससीसी, महिला मानव अधिकार रक्षक संजाल, दलित सामाजिक विकास केन्द्र लगाएतका संस्थाहरुको समन्वय तथा सहयोग रहेको थियो ।
कार्यक्रम जवाफदेहिता निगरानी समितिका अध्यक्ष माया ज्ञवालीको अध्यक्षता, स्वागत रविन्द्रनाथ ठाकुर र पुष्पा रेग्मी, जियाउल हक मनिहारको संचालनमा सम्पन्न कार्यक्रममा कपिलवस्तु नगरपालिकाका भित्र रहेका माध्यमिक तहका बिद्यार्थीहरु, मानव अधिकारकर्मी, पत्रकार, संघ संस्थाका प्रमुख एंव प्रतिनिधी, किशोरी संजाल, रुपान्तरण समूहका किशोरीहरु लगायतका सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

भर्खरै प्रकाशित

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज