Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

नवौँ मेयर कप क्रिकेटको उपाधि वडा नं. २ लाई

Author Avatar साझा न्यूज 14th November 2026 , 5:35 PM
नवौँ मेयर कप क्रिकेटको उपाधि वडा नं. २ लाई

कपिलवस्तुको तौलिहवास्थित बुद्धपद्म उच्च माविको खेलमैदानमा सम्पन्न नवौँ नगरस्तरीय मेयर कप क्रिकेट प्रतियोगिताको उपाधि कपिलवस्तु नगरपालिका वडा नं. २ ले जितेको छ। फाइनल खेलमा वडा नं. १२ लाई ७५ रनले पराजित गर्दै वडा नं. २ च्याम्पियन बनेको हो।

उपाधिसँगै वडा नं. २ ले नगद ८० हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। उपविजेता वडा नं. १२ ले नगद ४० हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ।

टस जितेर पहिले ब्याटिङ गरेको वडा नं. २ ले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १३४ रन बनाएको थियो। उसका लागि सहबाज अली दर्जीले ३४ र मुमताज अलीले ३१ रनको योगदान दिए। बलिङतर्फ वडा नं. १२ का सरफराज अहमदले तीन तथा रघुनन्दन गुप्ता र इरफान अलीले दुई–दुई विकेट लिए।

१३५ रनको लक्ष्य पछ्याएको वडा नं. १२ ले १२.५ ओभरमा सबै विकेट गुमाउँदै ५९ रन मात्र बनाउन सक्यो। उसका लागि आरएस मिश्रले २० रन बनाए। वडा नं. २ का कुशल थापाले उत्कृष्ट बलिङ गर्दै २.५ ओभरमा पाँच रन खर्चेर छ विकेट लिए। उनी फाइनल खेलको ‘म्यान अफ दी म्याच’ घोषित भए। त्यस्तै, वडा नं. २ का मल्लिक गद्दी र आकाश यादवले दुई–दुई विकेट लिए।

प्रतियोगिताभर १६७ रन बनाउनुका साथै नौ विकेट लिन सफल वडा नं. २ का शिवकुमार मौर्य ‘म्यान अफ दी सिरिज’ घोषित भए। उनले नगद पाँच हजार रुपैयाँ प्राप्त गरे। उनलाई व्यापारी आशिष सिंहले थप पाँच हजार रुपैयाँ पुरस्कार प्रदान गर्नुभएको थियो।

त्यस्तै, प्रतियोगितामा १७० रन बनाएका वडा नं. १२ का रमजान अली धुनिया उत्कृष्ट ब्याट्सम्यान तथा सात विकेट लिएका वडा नं. ८ का कमरान खान उत्कृष्ट बलर घोषित भए।

विजेता तथा उपविजेता खेलाडीलाई कपिलवस्तु नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनयकुमार श्रीवास्तव, वडा नं. ५ का वडाध्यक्ष तथा सामाजिक विकास समितिका संयोजक दिरेप चौधरी, वडा नं. ३ का वडाध्यक्ष तथा क्रिकेट सङ्घका जिल्ला अध्यक्ष प्रकाश गैरे, वडा नं. १ का वडाध्यक्ष मोहम्मद जाहिद खाँ, वडा नं. १० का वडाध्यक्ष मोहनलाल शर्मा, वडा नं. ११ का वडाध्यक्ष रामगोपाल यादव र वडा नं. १२ का वडाध्यक्ष इन्सान अली धुनियाले पुरस्कार वितरण गर्नुभएको थियो।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत श्रीवास्तव र वडाध्यक्ष गैरेले क्रिकेट खेलको विकास र खेलाडीको प्रतिभा प्रस्फुटनका लागि स्थानीय तहले खेलकुदलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो।

नगरपालिकाका १२ वटै वडाका खेलाडी सहभागी प्रतियोगिताले स्थानीयस्तरमा क्रिकेट खेलको विकास र प्रतिभावान् खेलाडी पहिचानमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

लुम्बिनीसँग हारेपछि विराटनगर प्लेअफबाट बाहिरियो

लुम्बिनीसँग हारेपछि विराटनगर प्लेअफबाट बाहिरियो

कपिलवस्तुका ७० स्थानमा छठघाट निर्माण

कपिलवस्तुका ७० स्थानमा छठघाट निर्माण

रउफ अहमद खाँद्वारा कपिलवस्तु नगर प्रमुखमा उम्मेदवारी घोषणा, समतामूलक र समृद्ध नगर बनाउने प्रतिबद्धता

रउफ अहमद खाँद्वारा कपिलवस्तु नगर प्रमुखमा उम्मेदवारी घोषणा, समतामूलक र समृद्ध नगर बनाउने प्रतिबद्धता

नवनियुक्त चार न्यायाधीशद्वारा शपथग्रहण

नवनियुक्त चार न्यायाधीशद्वारा शपथग्रहण

एनपिएलमा आज दुई खेल हुँदै, काठमाडौँसँग जनकपुर र कर्णालीसँग विराटनगर भिड्दै

एनपीएलमा आज दुई खेल: काठमाडौं–सुदूरपश्चिम र चितवन–जनकपुर भिड्दै

आजदेखि छठ पर्व सुरु, पहिलो दिन ‘नहाय–खाय’विधि गरिँदै

आजदेखि छठ पर्व सुरु, पहिलो दिन ‘नहाय–खाय’विधि गरिँदै

भर्खरै प्रकाशित

लुम्बिनीसँग हारेपछि विराटनगर प्लेअफबाट बाहिरियो

लुम्बिनीसँग हारेपछि विराटनगर प्लेअफबाट बाहिरियो

कपिलवस्तुका ७० स्थानमा छठघाट निर्माण

कपिलवस्तुका ७० स्थानमा छठघाट निर्माण

नवौँ मेयर कप क्रिकेटको उपाधि वडा नं. २ लाई

नवौँ मेयर कप क्रिकेटको उपाधि वडा नं. २ लाई

रउफ अहमद खाँद्वारा कपिलवस्तु नगर प्रमुखमा उम्मेदवारी घोषणा, समतामूलक र समृद्ध नगर बनाउने प्रतिबद्धता

रउफ अहमद खाँद्वारा कपिलवस्तु नगर प्रमुखमा उम्मेदवारी घोषणा, समतामूलक र समृद्ध नगर बनाउने प्रतिबद्धता

नवनियुक्त चार न्यायाधीशद्वारा शपथग्रहण

नवनियुक्त चार न्यायाधीशद्वारा शपथग्रहण

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज