Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

काभ्रेमा रेबिज : नियन्त्रण गर्न खोप अभियान


काभ्रेमा रेबिज : नियन्त्रण गर्न खोप अभियान

काभ्रे । जिल्लाको दक्षिणी क्षेत्र डाँडापारिस्थित महाभारत गाउँपालिकामा रेबिज रोगका कारण पशुचौपाया मर्न थालेपछि स्थानीयवासीलाई रेबिजविरुद्ध खोप दिएको छ। कुकुरको टोकाइले रेबिज सङ्क्रमणका कारण गत हप्तादेखि दुई गाउँमा गाई, खसी–बोकालगायत १६ पशुचौपाया मरेको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ।

कुकुरले टोकर मरेका गाई काटेर खाएपछि गाउँपालिकाको १ नं वडाको गोकुले र ८ नं वडास्थित घर्तीछापका ७० स्थानीयवासीलाई रेबिजविरुद्धको खोप दिइएको स्वास्थ्य शाखाका प्रमुख हरिसिं विष्टले जानकारी दिए। उनका अनुसार मरेका पशुको मासु खाएको थप स्थानीयवासीको खोजीकार्य भइरहेको छ भने पशुचौपायालाई पनि खोप लगाउने काम सुरु गरिएको छ। उनका अनुसार हाल दुई गाउँका ३५ पशुलाई रेबिजविरुद्धको खोप लगाइएको छ।

वडा नं १ का ४० र ८ का ३० स्थानीयवासीलाई रेविजविरुद्धको खोप लगाइएको हो। प्रारम्भिक चरणमा दुई वडाका पशुलाई खोप लगाउन चार सय भाइल खोप पुगेको शाखा प्रमुख विष्टले बताए। रेबिज सङ्क्रमण फैलन नदिन गाउँपालिकाको स्वास्थ्य शाखा र कृषि तथा पशुपक्षी शाखाले हप्ता दिनदेखि निगरानीसँगै नियन्त्रणका हरसम्भव प्रयास गरिरहेको गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले बताएका छन्। उनका अनुसार गाउँमा चेतनामूलक ¥याली तथा स्थानीय विद्यालयमा दैनिक विशेष स्वास्थ्य कार्यक्रम सञ्चालन भइरहेको छ।

यसैबीच रेबिज सङ्क्रण नियन्त्रणका लागि जिल्लास्थित स्वास्थ्य कार्यालयका प्रमुख डा पुरुषोत्तम सेढाईँसहितको एक टोली महाभारतको रेबिज प्रभावित क्षेत्र पुगेको छ। उनले रेबिज फैलावटका विषयमा सुक्ष्म ढङ्गले अध्ययन गरिने बताए। उनका अनुसार रेबिज प्रभावित क्षेत्रमा हप्ताअघि नै एक सय ६० डोज खोप उपलब्ध गराइएको थियो।

उनका अनुसार रेबिजविरुद्धको खोपले रेबिज सङ्क्रमणबाट बच्न सकिन्छ। “खोप अत्यन्तै प्रभावकारी छ, रेबिज लागेपछि र लाग्नुअघि खोप लगाउँदा पूर्णरूपमा सुरक्षित भइन्छ”, कार्यालय प्रमुख डा सेढाईँले भने।

महाभारतमा अघिल्लो हप्ता मरेका दुई गाईका केही अङ्गह गाडिएको स्थानबाट निकालेर परीक्षण गर्दा शनिबार रेबिज रोगबाट गाई मरेको पुष्टि भएको थियो। “हामी रोकथामका लागि थप अनुसन्धान गरिरहेका छौँ, स्थानीय स्वास्थ्यकर्मीमार्फत खोप लगाउन छुटेका स्थानीयवासीलाई पे्ररित गरिरहेका छौँ”, सेढाईँले भने। स्थानीयवासीका अनुसार मासु खाएका कारण दुई गाउँका करिब ८० जना ‘ट्रेसिङ’मा परेको बताइन्छ।

काभ्रेपमा तीन महिनापछि महाभारतमा रेबिज रोग फेलापरेको हो। यसअघि गत भदौमा भुम्लु गाउँपालिकामा रेबिज रोगका कारण एक महिनाको अवधिमा चार दर्जनभन्दा बढी पशुचौपायाको मृत्यु भएको थियो। कार्यालयले त्यतिबेला दुई सय ८९ जनालाई रेबिजविरुद्ध खोप लगाएको थियो। स्थानीय १९ परिवारका ५१ जनाले कुकुरले टोकेर मरेका भैँसी तथा खसी, बोका काटेर मासु खाएका तथा अन्य शङ्कास्पद व्यक्तिलाई खोप लगाइएको थियो।

शतप्रतिशत प्राणघातक मानिएको उक्त रोगबाट विसं २०७७ चैतयता काभे्रपका छ जनाको मृत्यु भएको छ। दुई वर्षअघिदेखि रेबिजबाट मानिसको मृत्यु भएपछि स्वास्थ्य कार्यालय र केन्द्रले सामुदायिक तथा छाडा कुकुरसँग सावधानी अपनाउन आग्रह गर्दै आएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

नगर क्षेत्रको स्वास्थ्य र शिक्षा मेरो पहिलो प्राथमिकताः नगर प्रमुख पौडेल

नगर क्षेत्रको स्वास्थ्य र शिक्षा मेरो पहिलो प्राथमिकताः नगर प्रमुख पौडेल

महिला स्वयंसेविकाहरुलाई विभिन्न सामग्री

महिला स्वयंसेविकाहरुलाई विभिन्न सामग्री

शिवराजको अर्धवार्षिक समिक्षा सम्पन्न

शिवराजको अर्धवार्षिक समिक्षा सम्पन्न

सगरहवाको प्रवर्द्धन गर्न फागुनमा मूर्ति कार्यशाला गरिने

सगरहवाको प्रवर्द्धन गर्न फागुनमा मूर्ति कार्यशाला गरिने

१३ औं कपिलबस्तु महोत्सवको तयारी पुरा

१३ औं कपिलबस्तु महोत्सवको तयारी पुरा

कपिलबस्तुमा नेपाल जनतान्त्रिक मुक्ति मोर्चाका संयोजक सहित ४ जना पक्राउ

कपिलबस्तुमा नेपाल जनतान्त्रिक मुक्ति मोर्चाका संयोजक सहित ४ जना पक्राउ

भर्खरै प्रकाशित

नगर क्षेत्रको स्वास्थ्य र शिक्षा मेरो पहिलो प्राथमिकताः नगर प्रमुख पौडेल

नगर क्षेत्रको स्वास्थ्य र शिक्षा मेरो पहिलो प्राथमिकताः नगर प्रमुख पौडेल

महिला स्वयंसेविकाहरुलाई विभिन्न सामग्री

महिला स्वयंसेविकाहरुलाई विभिन्न सामग्री

शिवराजको अर्धवार्षिक समिक्षा सम्पन्न

शिवराजको अर्धवार्षिक समिक्षा सम्पन्न

सगरहवाको प्रवर्द्धन गर्न फागुनमा मूर्ति कार्यशाला गरिने

सगरहवाको प्रवर्द्धन गर्न फागुनमा मूर्ति कार्यशाला गरिने

१३ औं कपिलबस्तु महोत्सवको तयारी पुरा

१३ औं कपिलबस्तु महोत्सवको तयारी पुरा

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि