Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

नारायणगढ–मुग्लिन सडकमा दैनिक ४ घण्टा गाडी रोकिने


नारायणगढ–मुग्लिन सडकमा दैनिक ४ घण्टा गाडी रोकिने

?????????????????????????????????????????????????????????

चितवन। नारायणगढ मुग्लिन सडक खण्डमा दैनिक चार घण्टा गाडी आवागमन रोकिने भएको छ । सडक खण्डमा पर्ने पुल निर्माणका लागि गाडी रोक्न लागिएको हो । जिल्ला प्रशासन कार्यालय चितवनमा आज (मङ्गलवार) सम्पन्न सरोकारवालाको बैठकले पुस ५ गतेदेखि एक महिनाका लागि सडक रोकेर काम गर्ने निर्णय गरेको छ । सडक बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म रोकिने छ ।

भौगोलिकरूपमा कठिन ठाउँमा रहेका सिमलताल, कालीखोला, तुईन खोला र चिसेन्जी खोला पुल निर्माणका लागि पहाड काट्ने लगायतका कामका लागि गाडी आवागमन रोक्न लागिएको हो ।

प्रमुख जिल्ला अधिकारी अश्मान तामाङको अध्यक्षतामा भएको बैठकले नारायणगढतर्फबाट जाने यात्रुवाहक बस, मिनी, माइक्रो बस, साना गाडीलाई पन्ध्रकिलो बजारदेखि जुगेडीसम्म बिहान ११ बजे रोक्ने निर्णय गरेको छ । यस्तै मालवाहक ट्रक, लरी, ट्रेलर, ट्रिपर, ट्याङ्कर लगायतका भारी गाडीलाई भतेरी जङ्गलदेखि रामनगरसम्म बिहान १० बजेर ५० मिनेटदेखि रोकिने छ ।

काठमाण्डाैतर्फबाट आउने यात्रुवाहक गाडीलाई मुग्लिन बजारदेखि मनकामना केवलकार गेटसम्म र पोखरातर्फबाट आउने यात्रुवाहक गाडीलाई बेनीटारदेखि पावर हाउससम्म बिहान १० बजेर ५५ मिनेटदेखि रोकिने भएको छ । यस्तै काठमाण्डाैतर्फबाट आउने मालवाहक गाडीलाई लेबाटारमा र पोखरातर्फबाट आउने मालवाहक गाडीलाई आँबुखैरहनीमा बिहान १० बजेर ४५ मिनेटदेखि रोक्ने बैठकले निर्णय गरेको छ ।

बैठकले बिहान ११ बजेदेखि ३ बजेसम्मको समयमा एम्बुलेन्स, दमकल लगायतका अत्यावश्यकीय गाडीलाई अनुकूलता हेरि छोड्ने निर्णय गरेको छ । यस्तै पोखरा–काठमाण्डाै सञ्चालन हुने गाडी सहज सञ्चालनका लागि ट्राफिक कार्यालयले समन्वय गर्ने भएको छ । निर्माण कार्यलाई तीव्रता दिन निर्माण व्यवसायीले पर्याप्त साधन, स्रोत र जनशक्ति परिचालन गर्ने छन् भने सडक खण्डको ठाउँ–ठाउँमा मर्मतको कार्य पनि यसै समयमा गरिने भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कपिलवस्तुको १० पालिकामा अख्तियारको ५८ उजुरी

कपिलवस्तुको १० पालिकामा अख्तियारको ५८ उजुरी

प्रधानमन्त्री समक्ष रास्वपाका मन्त्रीको राजीनामा

प्रधानमन्त्री समक्ष रास्वपाका मन्त्रीको राजीनामा

थारु संस्कृतिक संरक्षण केन्द्रको अध्यक्षमा पुनः पवन थारु

थारु संस्कृतिक संरक्षण केन्द्रको अध्यक्षमा पुनः पवन थारु

थारु कला संस्कुति जर्नेना गर्न उद्देश्यले बुद्धभुमी नगरपालिकाद्धारा सवा करोड बढीको थारु संग्रहाय निर्माण गर्दै

थारु कला संस्कुति जर्नेना गर्न उद्देश्यले बुद्धभुमी नगरपालिकाद्धारा सवा करोड बढीको थारु संग्रहाय निर्माण गर्दै

फूलखेतीबाट मासिक ३५ हजार आम्दानी

फूलखेतीबाट मासिक ३५ हजार आम्दानी

संघीयताको खारेजी अहिले असम्भव : प्रदेश प्रमुख शेरचन

संघीयताको खारेजी अहिले असम्भव : प्रदेश प्रमुख शेरचन

भर्खरै प्रकाशित

कपिलवस्तुको १० पालिकामा अख्तियारको ५८ उजुरी

कपिलवस्तुको १० पालिकामा अख्तियारको ५८ उजुरी

प्रधानमन्त्री समक्ष रास्वपाका मन्त्रीको राजीनामा

प्रधानमन्त्री समक्ष रास्वपाका मन्त्रीको राजीनामा

थारु संस्कृतिक संरक्षण केन्द्रको अध्यक्षमा पुनः पवन थारु

थारु संस्कृतिक संरक्षण केन्द्रको अध्यक्षमा पुनः पवन थारु

थारु कला संस्कुति जर्नेना गर्न उद्देश्यले बुद्धभुमी नगरपालिकाद्धारा सवा करोड बढीको थारु संग्रहाय निर्माण गर्दै

थारु कला संस्कुति जर्नेना गर्न उद्देश्यले बुद्धभुमी नगरपालिकाद्धारा सवा करोड बढीको थारु संग्रहाय निर्माण गर्दै

फूलखेतीबाट मासिक ३५ हजार आम्दानी

फूलखेतीबाट मासिक ३५ हजार आम्दानी

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि