Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

राष्ट्रसेवाको छुट्टाछुट्टै डुंगामा सवार तेज र शैलेश्वरीको प्रहरी जोडी


राष्ट्रसेवाको छुट्टाछुट्टै डुंगामा सवार तेज र शैलेश्वरीको प्रहरी जोडी

तेजबहादुर जोरा र शैलेश्वरी बोहोराबीच धेरै कुरा मिल्दा छन् । तेज पश्चिम नेपालको पहाडी जिल्ला डोटीमा हुर्किए भने शैलेश्वरी तराईको कैलालीमा ।

सानैदेखि राष्ट्रसेवक बन्ने हुटहुटी भएका दुवै जना पढाइमा प्रतिभाशाली थिए । अध्ययनरत रहेकै बेला दुवै जनाले प्रहरी निरीक्षक ९इन्पेक्टर० मा भर्ना खुलेको खबर पाए ।
फाराम भरेर अध्ययनमा जुटे । २०६७ सालमा शसस्त्र प्रहरीको प्रहरी निरीक्षक ९इन्पेक्टर० मा खुला प्रतिस्पर्धाबाट तेजले नाम निकाले भने शैलेश्वरीले पनि २०७० सालमा खुला प्रतिस्पर्धाबाटै नेपाल प्रहरीमा प्रहरी निरीक्षक ९इन्पेक्टर० मा नाम निकालिन् ।

डोटीको शिखर नगरपालिका–३ का तेज र कैलालीको लम्कीचुहा नगरपालिका–८ की शैलेश्वरी २०७२ मंसिरमा दाम्पत्य जीवनमा गाँसिए । उनीहरूको मागी विवाह भएको हो । तेज सशस्त्र प्रहरी बल चन्द्रौटा कपिलवस्तुमा कार्यरत छन् भने शैलेश्वरी जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको महिला बालबालिका शाखा हाँकिरहेकी छन् । कर्मले जोडिएका जोरा दम्पती परिपक्क छन् ।

‘हामी दुवै कर्मयोगी र इमान्दार भएकाले हाम्रो सम्बन्ध प्रगाढ छ,’ तेजले भने । कपिलवस्तुमा कार्यरत इन्सपेक्टरको जोडी अहिले अब्बल रूपमा काम गर्नेमा दरिएको छ । दुवै जना आमनिर्वाचन २०७९ मा कपिलवस्तुमा खटिए । राष्ट्रसेवामा जीवन बिताइरहेको यो जोडी अहिले प्रहरीको नयाँ पुस्तामा अब्बल राष्ट्रसेवकको रूपमा चिनिएको छ ।

तेजले विज्ञान संकायबाट स्नातक तथा समाजशास्त्र र मानवशास्त्रमा स्नातकोत्तर गरेका छन् भने शैलेश्वरीले अंग्रेजीबाट स्नातकोत्तर र कानून संकायबाट स्नातक पूरा गरेकी छन् । ‘मास्टर्स गर्न भनेर काठमाडौं गएकी थिएँ । साथीहरूले इन्सपेक्टरमा भर्ना खुलेको छ, एप्लाई गरौं भनेपछि भरियो । पहिलो पटकमै खुला प्रतिस्पर्धामा नाम निस्किहाल्यो,’ शैलेश्वरीले भनिन् । ‘हाम्रो प्रेम विवाह होइन । संयोगवश मागी विवाहमा पनि एउटै सेवामा खटिएकाबीच संयोग जुर्‍यो,’ तेज भन्छन्, ‘जागिरको सिलसिलामा कहिले कहाँ त कहिले कहाँ पुग्नुपर्छ तर हाम्रो एकअर्कामा भएको विश्वासले सम्बन्धलाई बलियो बनाएको छ । हामीलाई थाहा छ, सम्बन्ध बलियो बनाउने पहिलो आधार विश्वास हो ।’

उनीहरूबाट अहिले साढे २ वर्षकी छोरी छन् । ‘८ वर्षे सहयात्रामा आज पनि नयाँ नवविवाहित जोडी जस्तो छ तेज र शैलेश्वरी दम्पती । सम्बन्ध यसरी अगाडि बढ्नुको कारण हो एकअर्कामा भएको विश्वास, माया र आपसी सम्झदारी,’ तेज भन्छन् ।

सेवा प्रवेशपछि तेजको पहिलो पोस्टिङ शैलेश्वर गण कैलालीमा भयो । १२ वर्षे प्रहरी सेवाबीच उनी सशस्त्र प्रहरी तालिम केन्द्र पोखरा, तालिम महाविद्यालय पोखरा, रूपन्देही, मनाङ, विपद् व्यवस्थापन प्रदेश स्तरीय टीम कमाण्ड गण्डकी प्रदेश पोखरा हुँदै अहिले चन्द्रौटा आइपुगेका छन् ।

शैलेश्वरी सेवा प्रवेशपछि डोटीको दिपायल, कैलाली, प्रहरी तालिम केन्द्र बुटवल, ईलाका प्रहरी कार्यालय छपिया, संघीय प्रहरी कार्यालय रुपन्देही हुँदै जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा आइपुगेकी छन् । यसबीच उनीहरूले अहिले बल्ल एउटै जिल्लामा सेवा गर्न पाएका छन् ।

दुवै जना प्रहरी नायव उपरीक्षक ९डीएसपी० मा बढुवा हुने लाइनमा छन् । तेजका लागि शैलेश्वरी माली जस्तै हुन् । तेज भन्छन्, ‘उहाँ ९शैलेश्वरी० प्रतिभाशाली हुनुहुन्छ । उहाँको प्रतिभा र क्षमतालाई सधैं मलजल गर्नुपर्छ । मैले जस्तो सहयोग अरुले गर्न सक्दैन भन्ने लाग्छ ।’

त्यसो त शैलेश्वरी पनि पति तेजलाई प्रवर्द्धन गर्न पछि परेकी छैनन् । राष्ट्रसेवामै रमिरहेका तेज र शैलेश्वरी दुवै जनाले एकअर्कोलाई प्रेरित गरिरहन्छन् ।

एउटै सेवामा रहँदा दुवै जनाले छोरी र परिवारलाई समय दिन सकेका छैनन् । ‘हाम्रो काम भनेको २४सै घण्टाको हुने,’ तेज भन्छन्, ‘बिदा पनि एउटा हुँदा अर्कोको नमिल्ने । घरपरिवार र छोरीलाई समय दिन अलि समस्या भएको छ । हामी राष्ट्रसेवाको डुंगामा निरन्तर सवार छौं ।’

अनुसन्धानमा अनुभवी दुवै जनाले जटिल प्रकृतिका अनुसन्धान पनि गरेका छन् । सरूवा हुँदा पनि एउटै जिल्लामा भए परिवार सम्हाल्न सहज भएको शैलेश्वरी बताउँछिन् । ३ सुरक्षा निकायमध्ये समुदायसँग प्रत्यक्ष जोडिने नेपाल प्रहरी रहेको शैलेश्वरीको बुझाइ छ ।

छोरीलाई कार्यालयका अन्य कर्मचारीलाई हेर्न लगाएर ड्युटीमा खटिनुपर्ने बाध्यता शैलेश्वरीको छ । ‘सबै पेशामा राम्रो र नराम्रो पक्ष हुन्छ,’ शैलेश्वरी भन्छिन्, ‘तर हामी राम्रो पक्षलाई लिएर अघि बढेका छौं ।’

उनले प्रहरी घेराभित्रै छोरीलाई हुर्काइन् । शैलेश्वरी भन्छिन्, ‘प्रहरीले सिक्नुपर्ने ‘बेसिक’ कुराहरू नानीले अहिले नै सिकिसकेकी छन् ।’

उनले भनिन्, ‘कहिलेकाहीँ त चौबिसै घण्टा काममा खटिइरहनुपर्छ । खाना खाने, छोरीलाई हेर्ने समय समेत हुँदैन । त्यस्तो बेला छोरीलाई समय दिन नपाएको खिन्नतामा महसूस हुन्छ ।’ एउटै संगठन भए प्रहरी दम्पतीको सरूवा हुँदा पनि एउटै कार्यालयमा पार्ने प्रहरीको माथिल्लो निकायको नीति छ तर उनीहरूको संगठन फरक हुँदा त्यो सम्भव देखिएको छैन ।

कपिलवस्तु आएपछि शैलेश्वरीले लैंगिक र घरेलु हिंसाका घटना नियन्त्रण र अनुसन्धानमा आफूलाई केन्द्रित गरिरहेकी छन् ।

‘महिला हिंसाविरुद्ध प्रभावकारी कार्यक्रम गर्ने योजना छ तर जिल्लामा सबै काम पनि हेर्नुपर्ने हुन्छ,’ उनी भन्छिन्, ‘त्यति मात्र होइन, समुदायस्तरमा सानोतिनो कुरामा पनि झैझगडा र कुटपिटमै उत्रिने घटनाले पनि प्रहरी हर क्षण समुदायमा हुनुपर्नेछ । यसमाथि आमनिर्वाचन लगायत नयाँ–नयाँ काम र चुनौतीलाई सिकाइको रूपमा लिँदै काम गरिरहेकी छु ।’ पतिपत्नी दुवै जनाले सँगै कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर २ को मतगणना सुरक्षा कमाण्ड सम्हालेका थिए ।

महिलाहरू प्रहरी कार्यालयमा आएर आफू पीडामा परेकोबारे सहज तरिकाले खुल्न नचाहने गरेको शैलेश्वरीले देखेकी छन् । जिल्लामा घरेलु हिंसामा घटनाहरू धेरै रहेका उनले बताइन् । खुला सीमानाका कारण मानव बेचबिखनका घटना पनि धेरै नै आइरहेका हुन्छन् । ती सबै समस्यालाई उनले कानूनी ढंगले सहज समाधानतर्फ लैजाने गर्छिन् ।

आपसी समझदारी र एकअर्काको भावना बुझ्दै कदर गर्न सकियो भने जीवन सुमधुर बन्छ भन्नै दुवैको बुझाइ छ ।लोकान्तरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कांग्रेस सभापति देउवा र अमेरिकी उपविदेशमन्त्री नुल्यान्डबीच भेटवार्ता

कांग्रेस सभापति देउवा र अमेरिकी उपविदेशमन्त्री नुल्यान्डबीच भेटवार्ता

माघ पहिलो हप्ताभित्र स्थानीय चुनावको घोषणा गर्नुपर्छः निर्वाचन आयोग

आयोगद्वारा राष्ट्रपतिको निर्वाचन मिति तय

इङ्ल्यान्डसँगको एक दिवसीय क्रिकेट शृङ्खला दक्षिण अफ्रिकालाई

इङ्ल्यान्डसँगको एक दिवसीय क्रिकेट शृङ्खला दक्षिण अफ्रिकालाई

हिमपातले सेताम्य राराताल क्षेत्र

हिमपातले सेताम्य राराताल क्षेत्र

व्याडमिन्टन बेसिक प्रशिक्षण तालिम सम्पन्न

व्याडमिन्टन बेसिक प्रशिक्षण तालिम सम्पन्न

तौलिहवामा ७० औ बिश्व कुष्ठरोग दिवस मनाइयो

तौलिहवामा ७० औ बिश्व कुष्ठरोग दिवस मनाइयो

भर्खरै प्रकाशित

कांग्रेस सभापति देउवा र अमेरिकी उपविदेशमन्त्री नुल्यान्डबीच भेटवार्ता

कांग्रेस सभापति देउवा र अमेरिकी उपविदेशमन्त्री नुल्यान्डबीच भेटवार्ता

माघ पहिलो हप्ताभित्र स्थानीय चुनावको घोषणा गर्नुपर्छः निर्वाचन आयोग

आयोगद्वारा राष्ट्रपतिको निर्वाचन मिति तय

इङ्ल्यान्डसँगको एक दिवसीय क्रिकेट शृङ्खला दक्षिण अफ्रिकालाई

इङ्ल्यान्डसँगको एक दिवसीय क्रिकेट शृङ्खला दक्षिण अफ्रिकालाई

हिमपातले सेताम्य राराताल क्षेत्र

हिमपातले सेताम्य राराताल क्षेत्र

पाँचतले मन्दिरको जगलाई असर पार्ने गरी ढुङ्गा फुटाइँदै

पाँचतले मन्दिरको जगलाई असर पार्ने गरी ढुङ्गा फुटाइँदै

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि