सुर्खेत । नेपाल प्रेस युनियनका जिल्ला अधिवेशन चैत्र महिना भित्रमा हुने भएकाे छ ।
केन्द्रीय अध्यक्ष शिव लम्सालले सुर्खेतमा आयोजित एक कार्यक्रममा बाेल्दै साे जानकारी दिएका हुन ।
लम्सालले यहि पुस महिनामा सकेर चैत्र महिनामा सक्ने गरि काम अघि बढेको बताए ।
नेपाल प्रेस युनियनका सुर्खेत जिल्ला कार्यसमितिले आयोजना गरेको स्वागत कार्यक्रमलाई सम्बाेधन गर्दै लम्सालले साे जानकारी दिएका हुन ।
कार्यक्रममा बाेल्दै युनियनकी सल्लाहकार अनिता बिन्दुले गुटबाट माथि उठेर युनियनका प्रदेश र जिल्ला अधिबेशन सम्पन्न गर्नु पर्नेमा जोड दिइन । कार्यक्रममा महासचिव दिलिप पाैडेल लगायतका पदाधिकारी तथा सदस्यले मन्तव्य राखेका थिए ।