Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

कपिलवस्तुमा पनि ईसाईहरुले धुमधामसंग मनाए क्रिस्मश

Author Avatar साझा न्यूज 25th December 2022 , 4:48 PM
कपिलवस्तुमा पनि ईसाईहरुले धुमधामसंग मनाए क्रिस्मश

जिल्लामा रहेका ईसाईहरुले आफनो प्रमुख चाड क्रिसमस आईतबार धुमधामसंग मनाएका छन्। जिजस क्राईस्ट (यशु ख्रिस्ट) को जन्मोत्सवको अवसरमा मनाईने सो चाड ईशाई धर्मावलम्बीहरुले  गिरजाघरमा एक आपसमा शुभकामना साटासाट गरेका हुन। यसुको सम्झना गर्दै जिल्लामा रहेका ढेड दर्जन बढी गिरजाघरमा उनीहरुले सामुहिक प्रार्थना, मनोरंजन र भोजन गर्दै सो पर्व मनाएका हुन।एक महिना देखि करेल खेल्दै आएका ईसाईहरुले क्रिसमसको अवसरमा एकआपसमा शुभकामना र उपहार दिदै हर्षोल्लासकासाथ पर्व मनाएका छन्।

उनीहरुले केक काटी अङगुरको झोल समेत पिएका थिए। गिरजाघरहरुमा गरिएको बिशेष कार्यक्रममा बाईबलको पाठ र यशुका बिषयमा चर्चा गरिएको थियो। कपिलवस्तुको तौलिहवा, लोहोरौला, चार नम्बर , सगरहवा, कोपवा, चन्द्रौटा, कृष्णनगर लगयतका गिरीजाघरमा दिनभर सामुहिक प्रार्थना, नाचगान र भोजभतेर गरिएको थियो। मानवजातिको मुक्तिदाताको रुपमा रहेका ईशु ख्रिस्टको महान जन्म दिनमा आफुहरुकालागि बिशेष हुने तौलिहवास्थित बेथेल चर्चका अगुवा डेविट चौधरीले बताए। ‘ मानवजातिको रक्षाकालागि परेश्वरले एक मात्र पुत्र संसारमा पठाउनु भएको थियो, जसले उहाँमाथी बिश्वास गर्छ उसले अनन्त जिवन पाउछ। ’

चौधरीले क्रिसमसको महत्व बारे प्रकाश पारे। तत्कालीन समयमा अन्याय, अत्याचार ,बिभेदमा परेका मानिसलाई बचाउन क्रसमा चढी आफनो बलिदान दिएको तौलिहवास्थित एजी अनुग्रह चर्चका पास्टर स्टेफिन थापाले बताए। येशुकै संझना ईस्वी संबत प्रारभ्भ भएको समेत बताईन्छ। दिन दुःखीलाई सशक्त बनाउन येशुले महत्वपुर्ण शिक्षा दिएकोले त्यो त्याग मानवजातिकै लागि प्रेरणा बनेको थापाको भनाई छ। नेपालमा ४ सय बर्ष  अघि देखि क्रिस्चियन धर्म आए पनि जिल्लामा २०५२ साल कपिलवस्तु नगरपालिका आनन्दबागमा पहिले आरधनालय संचालन गरिएको थियो। त्यसयता क्रिस्चियन धर्मावलम्बीहरु बढदै गएको पाईएको छ। आजभन्दा दुई हजार २२ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो। पवित्र आत्माबाट गर्भवती भई कुमारी मरियमबाट जन्मिएका येशु ख्रीष्टले तीन मुख्य खुसीयाली दिएको पास्चरहरु बताउछन। मुक्ति, प्रेम र शान्ति दिएको विश्वासमा क्रिश्चियन समुदायले आजको दिनलाई तीनवटै दिवसका रूपमा मनाउने गरेका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

स्कुटर दुर्घटनामा एकको मृत्यु

स्कुटर दुर्घटनामा एकको मृत्यु

जापानसँग भिड्दै नेपाल, एसियाली खेलकुदमा महिला भलिबल टोलीको आज परीक्षा

जापानसँग भिड्दै नेपाल, एसियाली खेलकुदमा महिला भलिबल टोलीको आज परीक्षा

साधन होइन, सोचले बद्लिएको कक्षा कोठा

रविले बोलाएको सर्वदलीय बैठक बस्दै, उच्चस्तरीय राजनीतिक संयन्त्र गठनबारे छलफल हुने

नेपालले भारतको कुन भूमि मिच्यो जानकारी गराउन काँग्रेस सांसद बासना थापाको माग

आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै

प्रधानमन्त्री राहत कोषमा १३ अर्ब ६८ करोड मौज्दात

प्रधानमन्त्री राहत कोषमा १३ अर्ब ६८ करोड मौज्दात

मन्दिरमा सुन चोर्ने छ जना भारतीय महिला पक्राउ

मन्दिरमा सुन चोर्ने छ जना भारतीय महिला पक्राउ

भर्खरै प्रकाशित

स्कुटर दुर्घटनामा एकको मृत्यु

स्कुटर दुर्घटनामा एकको मृत्यु

कांग्रेस कपिलवस्तुमा ‘एकताको महाधिवेशन’को आवाज, विधि र विधान पालना गर्न माग

कांग्रेस कपिलवस्तुमा ‘एकताको महाधिवेशन’को आवाज, विधि र विधान पालना गर्न माग

जापानसँग भिड्दै नेपाल, एसियाली खेलकुदमा महिला भलिबल टोलीको आज परीक्षा

जापानसँग भिड्दै नेपाल, एसियाली खेलकुदमा महिला भलिबल टोलीको आज परीक्षा

साधन होइन, सोचले बद्लिएको कक्षा कोठा

रविले बोलाएको सर्वदलीय बैठक बस्दै, उच्चस्तरीय राजनीतिक संयन्त्र गठनबारे छलफल हुने

नेपालले भारतको कुन भूमि मिच्यो जानकारी गराउन काँग्रेस सांसद बासना थापाको माग

आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज