साझा न्यूज । तौलिहवा
नेका इन्स्योरेन्स लिमिटेड तौलिहवा शाखाद्धारा विमा रकम भुक्तानी गरेको छ । मायादेवी गाँउपालिका ७ का बालगोविन्द यादवले भैसीको विमा गरे बापत सो रकम पाएका हुन । भैसीको मृत्यु वापतको रकम यादवलाई हस्तन्तरण गरेको नेका इन्स्योरेन्स लिमिटेड तौलिहवा शाखाका प्रमुख अखिलेश्वर दुबेले बताउनुभयो ।
यादवले एक हजार १ सय ८० को विमा गरे वपत उहाँलाई ८१ हजारको चेक हस्तन्तरण गरिएको थियो ।
















































