- अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४४ नेपाल सं. ११४३ हेमन्त ऋतु वि.सं. २०७९ पौष १८ गते सोमबार तद्अनुसार सन् २०२३ जनवरी २ तारिख पौष शुक्ल पक्षको एकादशी तिथि भरणी नक्षत्र सिद्धि योग वणि करण आनन्दादियोगमा चर योग चन्द्रमा मेष राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६:५६ बजे र सूर्यास्त साँझ १७:१९ बजे हुनेछ । पुत्रदा एकादशी व्रत ।
आजको राशिफल
मेष – आज स्वास्थ्य कमजोर हुने एवम् काममा ढिलासुस्ती हुने समय परेको हुँदा सावधान रहनुहोला । सकभर नयाँ कामको थालनी आज नगर्नु बेस हुनेछ । बाध्यताका काममा जुट्नुपर्ने परिस्थिति आइपर्नेछ । इष्टमित्र र सन्तान पक्षबाट सुख प्राप्त हुनेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।
वृष – दिन शुभदायी छ । कामको सफलताले थप काम गर्ने हौसला मिल्नेछ । प्रेमको प्रसंग सुखद रहला । राम्रा ग्रहको प्रभावले मनमा जोश, जाँगर र उत्साह देखापर्ने छ । रसरागमा आकर्षण बढ्नेछ । सन्तानको सुख प्राप्त हुनेछ । कर्मबल बढ्नेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्ला । घरपरिवारको स्थिति अनुकूल रहला ।
मिथुन – आज आयबल वृद्धि हुनेछ । परिवारमा पनि खुशीको माहोल छाउनेछ । प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिने समय छ । प्रयासलाई जारी राख्नुहोला । धन आर्जनको योग परेको छ । साझेदारीको काममा सफलता मिल्नेछ । आरोग्यता वृद्धि हुनेछ ।
कर्कट – कर्मबल बढ्नेछ । आज बिग्रिएको स्वास्थ्यमा सुधार हुने, पढाइमा मन लाग्ने साथै सही निर्णय गर्ने योग छ । व्यावसायिक काममा भने विभिन्न समस्या आउन सक्छन्, तर नसोचोको स्थानबाट धन आर्जन हुने देखिन्छ । यात्रामा सफलता प्राप्त हुनेछ ।
सिंह – आफन्तसित भेटघाट हुने र इष्टमित्र एवम् सन्तानको सुख प्राप्त हुने समय छ । शारीरिक र आर्थिक कार्यमा सफलता मिल्ने योग भए पनि आज सोचेअनुसार काम बन्न कठिन छ । नयाँ कपडा, मीठो खानाको आनन्द मिल्नेछ तर केही पैसाको हानी हुन सक्छ । समयको गतिलाई पछ्याउन नसक्दा अलिक दु:ख पाइएला । स्वास्थ्यको लागि खानपिनमा सजक रहनुहोला ।
कन्या – दौडधुप बढ्नेछ । आजको दिन प्रयास गरे काममा लाभ मिल्नेछ । अधुरा काम बन्ने तथा नयाँ काम पाउने योग छ । जागिरमा बर्चस्व बढाउन सकिनेछ । पढाइलेखाइमा भने समय दिन नसकिएला । साझेदारीको कार्य बन्नेछ । आरोग्यता रहनेछ । रसविलासमा रुची बढ्ला । आशा उत्साह थपिएर यात्रामा सफलता हासिल हुनेछ ।
तुला – आज व्यापार तथा उद्योगमा फाइदाको योग छ । प्रतिस्पर्धीहरू पछि पर्नेछन् भने नसोचेको ठाउँबाट केही लाभ होला । भाग्योदयको समय रहेको छ । तपाईको कामको अरुले राम्रै मुल्याङ्कन गर्नेछन् । आय सन्तोषजनक रहनेछ । रोकिएको काम बन्नेछ । नयाँ कार्यमा पनि सफलता पाउनुहुनेछ । आफन्तको सहयोग र समर्थन मिल्नेछ ।
वृश्चिक – आरोग्यता र समृद्धि बढ्नेछ । धैर्य र विवेकले काम गर्नु राम्रो होला । आफन्तको सहयोग बढ्ला । आज कामहरु पनि सजिलैसँग बन्नेछन् । रमाइलो तरिकाले काम गर्न पाइनेछ । कतैबाट आर्थिक लाभ हुने समय छ, चनाखो रहनुहोला । ब्यापारमा हुनेहरुका लागि चाहिँ समय ठिकै मात्र छ । सन्तान सुख बढ्नेछ । आमोदप्रमोदमा रमिरहनु हुनेछ ।
धनु – प्रेमभाव बढ्ने र देखिएको समस्याको समाधान गर्ने समय छ । शारीरिक र आर्थिक हित हुने काममा लाग्नु उपयुक्त रहनेछ । तर, स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला, अन्यथा खर्च पनि गराउन सक्छ । सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइने योग भएकोले अरुको भर नपर्नुहोला । हातहतियारबाट जोगिनुपर्ने दिन छ । खर्च गर्दा निकै सावधानी अपनाउनुहोला ।
मकर – पारिवारिक सुख प्राप्त हुने र साहसिक प्रकृतिका काम बन्ने योग भए पनि आजको दिन पूरै सुखदायी नरहन सक्छ । परिस्थितिसँग केही सम्झौता गर्नुपने समय छ । काममा बाधा दिनेले खासै प्रगती हुन दिँदैनन, जागीरमा पनि समस्या देखापर्ने देखिन्छ । मान सम्मान मिले पनि मनमा डर रहला । रसरागमा रुचि बढ्ला । बौद्धिक र रचनात्मक कार्य आदि क्षेत्रमा सफलता पाउनुहुनेछ । इष्टमित्रको साथ रहने देखिन्छ ।
कुम्भ – आजको दिन मनोरञ्जनपूर्ण रहनेछ । व्यापार र रोजगारीका क्षेत्रमा लाभ मिल्नेछ । नयाँ रोजगारीको सम्भावना देखिन्छ । रसरागको भाव वृद्धि हुनेछ । काममा सफलता मिल्नेछ । घरपरिवारको स्थिति अनुकूल रहला । आर्थिक पक्ष बलियो बन्नेछ । सुख शान्ति बढ्ला ।
मीन – दिन राम्रो छ । आरोग्यता बढ्नेछ भने बौद्धिक र रचनात्मक कार्य बन्नेछ । नोकरी तथा राजनीतिमा गरेका प्रयास हरु फलदायी रहनेछन् । दिगो फाइदा हुने काम सुरु हुन सक्छ । नयाँ कामको लागि नयाँ अवसर आउनेछ । सुख–सुविधा बढ्नेछ । आशा उत्साह बढ्नेछ ।
















































