प्रधानमन्त्री प्रचण्डले यही पुस २६ का दिन विश्वासको मत लिने तयारी गरेका छन् । उक्त दिन विश्वासको मत लिने व्यवस्था मिलाउन संघीय संसद् सचिवालयमा पत्र पठाइएको छ ।
१० पुसमा प्रधानमन्त्री नियुक्त भएका प्रधानमन्त्री प्रचण्डले एक महिनाभित्रमा विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । जसकारण प्रधानमन्त्री प्रचण्डले सोमबार संघीय संसद सचिवालयलाई २६ पुसमा विश्वासको मत लिने व्यवस्था मिलाउन पत्र दर्ता गरेका हुन् ।
२६ पुसको प्रतिनिधिसभा बैठकको कार्यसूचीमा विश्वासको मत लिने व्यवस्था मिलाउन पत्रमा प्रधानमन्त्रीले भनेका छन् ।
