Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

सहकारीद्धारा सहुलियत मलको ब्यापक दुरुपयोग

Author Avatar साझा न्यूज 7th January 2023 , 5:23 PM
सहकारीद्धारा सहुलियत मलको ब्यापक दुरुपयोग

कपिलबस्तुमा कृषककहरुका लागि आउने रासायनिक मलको दुरुपयोग हुने गरेको पाईएको छ।  आफनो कार्यक्षेत्रमा बिक्री बितरणको डिलरसिप लिएका कृषि सहकारीहरुले नै सहुलियतको मल दुरुपयोग गरेको भेटिएको हो।

सहकारीले आफनो कार्यक्षेत्र र सदस्यहरुलाई बाहेक अरुलाई मल बिक्री गर्न नपाउने नियम छ।  तर जिल्लाका अधिकांस कृषि सहकारीले सहकारी अनुशासन बिपरित सहुलियत मलको कालोबजारी गर्ने गरेको कृषकहरु बताउछन्।

जिल्लामा माग अनुसार थोरै मात्र सहुलियतको मल आपुर्ति हुने र त्यसमा पनि सहकारी कै हालीमहाली हुने गरे पछि जिल्लाका अधिकांस कृषक त्यो मल पाउनबाट बंचित छन।  मलका सहकारीका अध्यक्ष र पदाधिकारी कै हालीमुहाली हुने गरेको कृषकहरु बताउछन्।

तौलिहवाका कृषक राका यादवले कृषि सहकारीले कृषकहरुकालागि आएको मलको कालोबजारी गर्ने गरेको आरोप लगाए।  ‘ सहकारीले हामीलाई मल दिदैन, तोकिए भन्दा बढी पैसा दिनेलाई बेच्ने गरेको छ ’ निराश हुदै उनले भने ‘ बर्षो देखि यस्ते कारोवार गर्दै आएका सहकारीलाई कसैले कारबाही गर्दैन ’।  जिल्ला कृषि समितिले १० बर्ष अघि देखि कृषि सहकारी मार्फत सहुलियत मलको बिक्रि गर्ने निर्णय गरेको थियो।  त्यस अघि कृषि सामाग्री कम्पनी मार्फत डिलर र कृषकहरुलाई बिक्री गर्ने गरिन्थ्यो।  अहिले कृषि सामाग्री भैरहवाबाट ल्याएको मल तौलिहवा र बहादुरगंज कृषि सामाग्री तथा साल्टट्रेडिङ कृष्णनगरले कृषि सहकारीलाई बिक्री गर्ने गरेको छ।

आफनो सदस्यहरुलाई मात्र बिक्री गर्न लगिएका मल कृषि सहकारीहरुले भने मलका ब्यापारी,बढी रकम दिने कृषक, प्लाई उड उद्योगलाई बेच्ने गरेको छन्।  कृषि ज्ञान केन्द्र अनुसार जिल्लाका ३ सय बढी सहकारीले सहुलियत मलको कारोवारकालागि डिलरसिपको अनुमिति लिएका छन्।  त्यस मध्ये आधा बढीले सहुलियतको मलको दुरुपयोग गरी बेच्ने गरेको स्रोतको भनाई छ।  युरिया, डिएपी र पोटास मध्ये सबै भन्दा बढी युरिया मलको दुरुपयोग हुने गरेको स्रोतको भनाई छ।  सहुलियतको युरियाको प्रति बोरा (५० किलो) को ८ सय, डिएपीको २  हजार २५० र पोटासको प्रति बोरा १ हजार ६५० रुपैयामा बिक्री गर्ने गरिएको कृषि सामाग्री कम्पनी तौलिहवाका प्रमुख नरहरि पोख्रेलले बताए।

तर सहकारीले भाडा बापतको रकम पालिकाले ताके अनुसार लिन पाउने भए पनि बढी रकम लिई बाटो मै बेच्ने गरेको कृषकहरु गुनासो गर्छन।  कृषकहरुकालागि आउने सहुलियतको युरिया मल सबै भन्दा बढी बहादुरगंज र त्यस आसपास रहेका प्लाई उड उद्योगले सहकारीबाट किन्ने गरेको बहादुरगंजका एक स्थानीयले बताए।  प्लाई   उद्योगले प्रति बोरा २ देखि ३ सय सम्म सम्म बढी रकम दिने गरेको उनले बताए।  बहादुरगंज देखि पैखीबण्डा सम्म आधा दर्जन प्लाई उद्योग छन्।  युरिया मल प्लाई उड उद्योगमा गमको पेस्ट बनाउन चाहिने गर्छ।

एउटा उद्योगले दैनिक ३० देखि ५० बोरा युरियाको खतप गर्ने गर्छन। ।  सहकारी मलको दुरुपयोग रोक्न प्रहरी प्रशासनले कडाई गर्नु पर्ने सहकारीकर्मी पुष्पा रेग्मीले माग गरिन। ‘ कृषककालागि आएको सहुलियतको मल दुरुपोग गर्ने माथी कारबाही गर्नु पर्छ ’ उनले भनिन।  प्रजिअ धर्मेन्द्र कुमार मिश्रले आफुलाई त्यस बारेमा अझै सम्म कुनै गुनासो र उजुरी नआएको बताए।  सहुलियतको मलको दुरुपयोग गरी बेच्ने सहकारीहरुमाथी निग्रनी बढाईने प्रजिअ धर्मेन्द्र मिश्रले बताए। ‘ अब कृषि सहकारीमाथी निग्रानी बढाउछौ, संलग्नता भेटिए कारवाही गछौ ’ उनले भने।

कृषि सामाग्री तौलिहवा अनुसार पालिको सिफारिसमा तोकेको कोटा अनुसार आफनो शाखाबाट १ सय ५४ सहकारीले यहाबाट मल किनेर लैजाने गर्छन।  कृषि सामाग्री तौलिहवामा चालु आर्थिक बर्ष भित्र १ हजार १५३ दशमलव ३५० मेट्रिक टन युरिया, १ हजार ७८ दशमलव ८ सय मेट्रिक टन डिएपी र ५९ मेट्रिक टन डिएपी आएको छ।  आएको मलको पालिकाले सिफारिस गरेको सहकारीलाई कोटा निर्धारण गरेर मल दिने गरिएको कृषि सामाग्री तौलिहवामा प्रमुख नरहरी पोख्रेलले बताए।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

भर्खरै प्रकाशित

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज