कपिलवस्तुमा रहेका १५ अबैधानिक क्रेसरहरुलाई बन्द गराइएको छ । गत पुस २० गते गृह मन्त्रालयले ७७ वटै प्रशासन कार्यालयलाई मापदन्ड बिपरितका अबैधानिक क्रसर उद्योग बन्द गर्न परिपत्र गरे पछि गत पुस २१ गते जिल्लाका १५ क्रेसर उद्योग बन्द गरिएको प्रजिअ धर्मेन्द्र कुमार मिश्रले बताए । कपिलवस्तुको शिवराज नगरपालिकामा रहेको ११ वटा, बिजयनगर गाउपालिकाको २ वटा र बुद्धभुमी नगरपालिका र कृष्णनगर नगरपालिका स्थित एउटा एउटा क्रेसर उदोग बन्द गराइएका हुन । ३३ मध्ये १५ वटा बन्द गराइएका छन भने बाकी १८ वटा पहिले देखि नै बन्द अवस्थमा रहेको प्रहरी उपरिक्षक प्रेम बहादुर बस्नेतले बताए