नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ।
आजै राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर तीन रुपैयाँ घटाइएको निगमले जनाएको छ।
मूल्य घटेसँगै अब पेट्रोल प्रतिलिटर १७५, डिजेल र मट्टीतेल प्रतिलिटर १७२ रुपैयाँ कायम भएको छ।
यस्तै हवाई इन्धनको मूल्य आन्तरिकतर्फ प्रतिलिटर २० रुपैयाँ र बाह्यतर्फ प्रतिलिटर ३० रुपैयाँ घटाइएको छ।
खाना पकाउने एलपी ग्यासको मूल्य भने हाललाई यथावत (प्रतिसिलिन्डर १८ सय) नै राखिएको निगमले जनाएको छ।