Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

लुम्बिनीका मुख्यमन्त्री गिरीले शपथ लिँदै

Author Avatar साझा न्यूज 12th January 2023 , 9:19 AM
लुम्बिनीका मुख्यमन्त्री गिरीले शपथ लिँदै

लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले बिहीबार पद तथा गोपनीयताको सपथ लिने भएका छन्।

प्रदेश प्रमुखको कार्यालयले लुम्बिनी प्रदेशसभा परिसर राप्ती उपत्यका देउखुरीमा आज दिउँसो १ बजे उनकाे पद तथा गोपनीयताको शपथ ग्रहण समारोहकाे आयाेजना गरेकाे हाे।

नेपालको संविधान धारा १७२ बमोजिम मुख्यमन्त्री र मन्त्रीले प्रदेश प्रमुख समक्ष तथा राज्यमन्त्री र सहायक मन्त्रीले मुख्यमन्त्री समक्ष आफ्नो कार्यभार सम्हाल्नुअघि प्रदेश कानुन बमोजिम पद तथा गोपन‍ीयताको शपथ लिनुपर्ने उल्लेख छ।

हिजाे बुधबार प्रदेश प्रमुख अमिक शेरचनले नेपालको संविधानको धारा १६८ को उपधारा(२) बमोजिम एमाले संसदीय दलका नेता गिरीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।

यस्तै, आजै ३ देखि ५ सदस्यीय मन्त्रिपरिषद् गठनको तयारी छ। एमाले, माओवादी र अन्य साना दलहरूको सहभागितामा सानो आकारकाे मन्त्रिमण्डल गठन गर्ने नवनियुक्त मुख्यमन्त्री गिरीकाे तयारी छ।

एमाले र माओवादीबाट एक-एक जना गरी दुई जनाले मन्त्रीको शपथ लिनेगरी छलफल अघि बढेको छ। बाँकी दलबाटसमेत मन्त्री बन्नेहरूको बारेमा सत्ता गठबन्धनभित्र छलफल चलिरहेको छ।

एमालेबाट भूमिश्वर ढकाल र माओवादीबाट संसदीय दलका नेता जोखबहादुर महरा मन्त्री बन्ने पक्कापक्की जस्तै भएको बैठकमा सहभागी एक प्रदेशसभा सदस्यले बताए। तर, माओवादीभित्र सरकारमा सहभागी हुन सबैजसो प्रदेश सभा सदस्य आकांक्षी छन्। यसले गर्दा आन्तरिक रूपमा व्यवस्थापन गर्न जटिल बन्न थालेको छ। एमाले र अन्य दलभित्र पनि आकांक्षीको लिस्ट लामै छ।

भूमिश्वर ढकालले भौतिक पूर्वाधार र जोखबहादुर महराले अर्थ या आन्तरिक मामिला मन्त्रालय मध्य एउटा मन्त्रालयको जिम्मेवारी पाउने छन्। महराले अर्थमन्त्रालय पाउनुपर्ने दाबी छ। माओवादीमा दोस्रो कार्यकालमा समेत निर्वाचित र मन्त्री भइसकेका इन्द्रजीत थारू, नमुना केसी‍समेत मन्त्रीको आकांक्षी छन्।

एमालेबाट चेतनारायण आचार्य पनि मन्त्री बन्ने लाइनमा छन्। अघिल्लो पटक आचार्य मन्त्री भइसकेका मध्य पर्छन्। यस पटक उनलाई मन्त्री बनाउनेसमेत तयारी छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

नवनियुक्त चार न्यायाधीशद्वारा शपथग्रहण

नवनियुक्त चार न्यायाधीशद्वारा शपथग्रहण

एनपिएलमा आज दुई खेल हुँदै, काठमाडौँसँग जनकपुर र कर्णालीसँग विराटनगर भिड्दै

एनपीएलमा आज दुई खेल: काठमाडौं–सुदूरपश्चिम र चितवन–जनकपुर भिड्दै

आजदेखि छठ पर्व सुरु, पहिलो दिन ‘नहाय–खाय’विधि गरिँदै

आजदेखि छठ पर्व सुरु, पहिलो दिन ‘नहाय–खाय’विधि गरिँदै

साझा न्यूजका सल्लाहकार गुप्तालाई पितृशोक

साझा न्यूजका सल्लाहकार गुप्तालाई पितृशोक

सुशासन, रोजगारी र निःशुल्क शिक्षालाई प्राथमिकता दिँदै शुद्दाेधन गाउँपालिकामा डा. निरज पाण्डेको उम्मेदवारी घोषणा

सुशासन, रोजगारी र निःशुल्क शिक्षालाई प्राथमिकता दिँदै शुद्दाेधन गाउँपालिकामा डा. निरज पाण्डेको उम्मेदवारी घोषणा

सलमानको सिनेमा ‘मातृभूमि’को ट्रेलरमा अनुपविक्रम शाहीको दबदबा

सलमानको सिनेमा ‘मातृभूमि’को ट्रेलरमा अनुपविक्रम शाहीको दबदबा

भर्खरै प्रकाशित

नवनियुक्त चार न्यायाधीशद्वारा शपथग्रहण

नवनियुक्त चार न्यायाधीशद्वारा शपथग्रहण

एनपिएलमा आज दुई खेल हुँदै, काठमाडौँसँग जनकपुर र कर्णालीसँग विराटनगर भिड्दै

एनपीएलमा आज दुई खेल: काठमाडौं–सुदूरपश्चिम र चितवन–जनकपुर भिड्दै

आजदेखि छठ पर्व सुरु, पहिलो दिन ‘नहाय–खाय’विधि गरिँदै

आजदेखि छठ पर्व सुरु, पहिलो दिन ‘नहाय–खाय’विधि गरिँदै

साझा न्यूजका सल्लाहकार गुप्तालाई पितृशोक

साझा न्यूजका सल्लाहकार गुप्तालाई पितृशोक

सुशासन, रोजगारी र निःशुल्क शिक्षालाई प्राथमिकता दिँदै शुद्दाेधन गाउँपालिकामा डा. निरज पाण्डेको उम्मेदवारी घोषणा

सुशासन, रोजगारी र निःशुल्क शिक्षालाई प्राथमिकता दिँदै शुद्दाेधन गाउँपालिकामा डा. निरज पाण्डेको उम्मेदवारी घोषणा

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज