Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

लिंगाे गाडेर माघे सङ्क्रान्ति मेलाको शुभारम्भ


लिंगाे गाडेर माघे सङ्क्रान्ति मेलाको शुभारम्भ

चितवन- पवित्र तीर्थस्थल देवघाटको बेनीमा शनिबार बिहान बाँसको लिङ्गो गाडेर माघे सङ्क्रान्ति मेलाको शुभारम्भ गरिएको छ।

गलेश्वर आश्रमका पीठाधीश अनन्त श्री विभूषित आत्मानन्द गिरी जी महाराज, हरिहर आश्रमका पिठाधीश १००८ स्वामी ज्ञानानन्द जी महाराज, महेश सन्यास आश्रमका पीठाधीश १००८ स्वामी रमणानन्द जी महाराजसहित सन्तमहन्त, बटुकलगायत स्थानीय व्यक्तिको उपस्थितिमा बाँसको लिङ्गो ठड्याइएको हो।

यसअघि गलेश्वर आश्रममा भेला भएर विधिवत्रुपमा लिङ्गोसहित शोभायात्रा बेनीमा पुगेको थियो। सो अवसरमा देवघाट क्षेत्र विकास समितिका अध्यक्ष बद्री अधिकारी, सदस्य नवराज ढकाललगायतको उपस्थिति रहेको थियो।

यससँगै चितवन, तनहुँ र नवलपरासीको सङ्गमस्थल देवघाटमा माघे सङ्क्रान्ति मेला सुरु भएको छ।

देवघाट क्षेत्र विकास समितिका अध्यक्ष अधिकारीका अनुसार यस वर्ष विधिवत्रुपमा मेलाको शुभारम्भ गरिएसँगै बाहिरबाट भक्तजन आउने क्रम सुरु भएको छ।

उनले भने, ‘विगत तीन वर्ष कोभिडका कारण रोकिएको मेला पुनः सुरु गर्न लागिएको हो।’

मेला भर्न पाँच लाख भक्तजन आउने अनुमान समितिले गरेको छ। मेला भर्न आउनेका लागि प्रवेशद्वार रामनगरमा र बाहिरिने आँपटारीबाट बनाइएको छ। मेलाको तयारी तीव्र पारिएको उनले बताए।

प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले माघे सङ्क्रान्ति मेलाको अवसरमा आज र भोलि नारायणगढ मुग्लिन सडकखण्ड नरोकिने जानकारी दिए।

पुल निर्माणका लागि भित्तो काट्ने काम भइरहेकाले पुस ५ गतेदेखि दिउँसोमा सवारी रोकी काम गरिँदै आएको थियो। सङ्क्रान्ति मेलाका लागि सडक नरोकिने भएको हो।

आज राति भक्तजन जाग्राम बस्ने प्रचलन छ। शास्त्रानुसार सौरमासको हिसाबले माघे सङ्क्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले यसलाई ‘मकर सङ्क्रान्ति’ भनिएको हो।

आजदेखि सूर्य दक्षिणी गोलाद्र्धबाट उत्तरी गोलाद्धतर्फ प्रवेश गर्ने भएकाले दिन लामो र रात छोटो हुँदै जाने विश्वास गरिन्छ।

‘भविष्य पुराण’, ‘विष्णुवचन’ तथा ‘धर्मसिन्धु’ नामक ग्रन्थमा यस दिन पवित्र तीर्थस्थलमा स्नान गरी घिउ, चाकु, तिलको लङ्डु, सागपात, तरुल, बस्त्र, पानीको भाँडो र मकलसहितको सिदा दान गरेमा विशेष फल प्राप्त हुने र उक्त पदार्थ आफूले खाएमा शरीर पोषिलो हुनाका साथै निरोग भइने जनविश्वास छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

तौलिहवामा ७० औ बिश्व कुष्ठरोग दिवस मनाइयो

तौलिहवामा ७० औ बिश्व कुष्ठरोग दिवस मनाइयो

बुद्धकालीन मुर्ति सम्बन्धी २ महिने सिपमुलक तालिम

बुद्धकालीन मुर्ति सम्बन्धी २ महिने सिपमुलक तालिम

लुम्बिनी मागी खाने भाँडो होइन : मन्त्री किराती

लुम्बिनी मागी खाने भाँडो होइन : मन्त्री किराती

ओझेलमा कपिलवस्तु संग्रहालय

ओझेलमा कपिलवस्तु संग्रहालय

मर्चवारी गाउँपालिकाको रायपुर प्राथमिक स्वास्थ्य केन्द्रबाट तिन सय बढी सुत्केरीले लिए सेवा

मर्चवारी गाउँपालिकाको रायपुर प्राथमिक स्वास्थ्य केन्द्रबाट तिन सय बढी सुत्केरीले लिए सेवा

मृत्युपश्चात शरीरका सबै अंग दान गर्ने प्रधानमन्त्री प्रचण्डको घोषणा

गृह मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री प्रचण्डलाई

भर्खरै प्रकाशित

तौलिहवामा ७० औ बिश्व कुष्ठरोग दिवस मनाइयो

तौलिहवामा ७० औ बिश्व कुष्ठरोग दिवस मनाइयो

बुद्धकालीन मुर्ति सम्बन्धी २ महिने सिपमुलक तालिम

बुद्धकालीन मुर्ति सम्बन्धी २ महिने सिपमुलक तालिम

लुम्बिनी मागी खाने भाँडो होइन : मन्त्री किराती

लुम्बिनी मागी खाने भाँडो होइन : मन्त्री किराती

ओझेलमा कपिलवस्तु संग्रहालय

ओझेलमा कपिलवस्तु संग्रहालय

मर्चवारी गाउँपालिकाको रायपुर प्राथमिक स्वास्थ्य केन्द्रबाट तिन सय बढी सुत्केरीले लिए सेवा

मर्चवारी गाउँपालिकाको रायपुर प्राथमिक स्वास्थ्य केन्द्रबाट तिन सय बढी सुत्केरीले लिए सेवा

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि