प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेट वार्ता भएकाे छ।
शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएकाे हाे।
बैठकमा मन्त्रिपरिषद विस्तारलाई पूर्णता दिने र समसामयिक राजनीतिक विषयका बारेमा छलफल भइरहेकाे प्रधानमन्त्रीकाे सचिवालयले जनाएकाे छ।
आगामी माघ ५ गते प्रतिनिधिसभाको सभामुखको निर्वाचन हुँदैछ।
संविधानको धारा ९१ को उपधारा (१) मा प्रतिनिधिसभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिनभित्र प्रतिनिधिसभाका सदस्यले आफूमध्येबाट सभामुख र उपसभामुखको निर्वाचन गर्नुपर्ने व्यवस्था गरेको छ।
भेटवार्ता जारी नै रहेकाे सचिवालयले जनाएकाे छ।
यही पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भइ ११ गते पद तथा गाेपनीयताकाे शपथ लिएका प्रधानमन्त्री प्रचण्डले तत्काल सानाे आकारकाे मन्त्रिमण्डल गठन गरे पनि यसले पूर्णता भने पाएकाे छैन।
मन्त्रिपरिषद् बिना विभागीय ४ सहित ८ सदस्यीय छ।