Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

अयोध्या राम मन्दिरका रामको प्रतिमा कालिगण्डकीको शिलाबाट

Author Avatar साझा न्यूज 14th January 2023 , 5:35 PM
अयोध्या राम मन्दिरका रामको प्रतिमा कालिगण्डकीको शिलाबाट

भारतको उत्तर प्रदेशमा पर्ने फैजावाद जिल्लाको अयोध्यामा निर्माणाधीन राम मन्दिरमा राखिने भगवान रामको प्रतिमाका लागि प्रसिद्ध नदी कालिगण्डकीबाट शालिग्राम शिला लगिँदैछ।

गण्डकी प्रदेशको लाइफलाइन कालीगण्डकी कोरिडोर अन्तर्गत उत्तर–दक्षिण जोड्ने बेनी–गलेश्वर सडक खण्ड अन्तर्गत म्याग्दीको बेनी नगरपालिका वडा नं ६ ठुलो पहिरो नजिकै कालिगण्डकी नदीको तिरमा १८ टनको क्वाजराईट र १० टनको क्याल साइट नामक शिला पहिचान गरिएपछि विधिपूर्वक उत्खननको तयारी सुरू गरिएको हो।

करिब एक महिनाको स्थलगत अवलोकन तथा स्थानको पहिचान गरेपछि प्राविधिक टोलीले करिब १ हजार बर्ष टिकाउ हुने शिलाको पहिचान गरेको हो। ती शिला धार्मिक विधिको प्रयोग गरी लैजाने तयारी अन्तिम चरणमा पुगेको छ।

यसको खोजी म्याग्दी र कालिगण्डककी नदीको दोभानबाट सुरु गरिएको हो। प्राविधिक तथा धार्मिक हिसाबले ठुलो पहिरो नजिकै उपयुक्त शिला फेला परेको हो। तत्कालीन समयमा शिलाको खोजीका लागि पहल गरेका नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधिसहितको टोली नै शिला उत्खनन् स्थलमा आइपुगेका थिए।

शिला भेटिएको स्थानको पहिचान गरी जानकी मन्दिरका महन्थ, राम मन्दिरका प्रतिनिधिसहितको उपस्थितिमा गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले क्षमा पूजा सहितका अन्य धार्मिक कार्य गरेपछि एक साताभित्र शिलालाई जनकपुरधाम पुर्‍याइने कांग्रेसका नेता निधिले बताए।

‘हिन्दु धर्मावलम्बीका लागि यो कोशेढुंगा साबित हुनेछ, ‘भारतीय तीर्थयात्रीको नजर यहाँ पनि पर्छ’, निधिले भने।

अयोध्या राम मन्दिर निर्माण समितिका अध्यक्ष नृपेन्द्र मिश्र, श्रीराम जन्मभूमि तीर्थ क्षेत्रका महामन्त्री चम्पत राय र भारतको सत्तारुढ दल भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालसँगको भेटमा नेता निधीले मन्दिरमा राख्ने धातुको धनुष नेपालमै निर्माण गर्ने र रामको प्रतिमा बनाउन आवश्यक शिलालेख कालिगण्डकीबाट ल्याउने प्रस्ताव राखेका थिए।

जनकपुरधामस्थित जानकी मन्दिरका तर्फबाट धनुष राख्ने र रामको प्रतिमा नेपालको कालीगण्डकी क्षेत्रको शिलाबाट बनाउने निधिको प्रस्तावमा भारतीय पक्ष सहमत भएको थियो। यसपछि नेपाल फर्किएका निधीले नेपाल सरकारलाई भारतीय पक्ष नेपालका दुवै प्रस्तावमा सहमति भएको जानकारी दिए।

‘प्राविधिक टोलीले ल्याब परीक्षण गरेपछि उत्खननको कार्य अगाडी बढेको छ, कालिगण्डकीमा पाइने शिलाको प्रचारप्रसारसँगै धार्मिक पर्यटकलाई समेत भित्राउन सहज हुनेमा विश्वस्त छौ’, बेनी नगरपालिकाका मेयर सुरत केसीले नागरिक न्यूजसँग भने।

बेनी नगरपालिकाले शिला उत्खनन् गरी ऐतिहासिक राम मन्दिरमा लैजाने कार्यपछि उक्त स्थानलाई कालिगण्डकी नदीमा स्नान गर्न सहज हुने स्थलसहित आवश्यक संरक्षणमा समेत चासो देखाएको मेयर केसीको भनाई छ।

बेनी नगरले भारतीयसहित हिन्दु धर्माम्बीहरुको आगमन बढ्ने तथा ऐतिहासिक मन्दिरमा शिला पुर्‍याइएकाले अवलोकनमा सहज हुने गरी बाटो तथा स्नान सहितको संरचनामा आवश्यक सहयोगका लागि समेत टोलीसँग पहल गरेकोमा सकारात्मक प्रतिक्रिया पाएको मेयर केसीले बताए।

नेपालमा यही पुस ३ गते बसेको पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको मन्त्री परिषद्को बैठकले रामको प्रतिमा निर्माणका लागि प्रयोग गरिने शालिग्राम शिलाको खोजी गर्ने निर्णय गरेको थियो।

विश्वकै दुर्लभ मानिएको शालिग्राम शिला जनकपुरधामस्थित जानकी मन्दिरलाई उपलब्ध गराउने छ भने त्यहाँबाट प्रक्रिया पुरा गरी अयोध्यामा लैजाने म्याग्दीका प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले बताए।

यहाँबाट शालिग्राम शिला जनकपुरधामस्थित जानकी मन्दिरमा लगिने भएको छ। जनकपुरबाट शालिग्राम शिला र धातुको धनुष सँगै अयोध्या लगिने बताइएको छ।

कालिगण्डकी नदीमा कालो र सेतो शिला प्रशस्तै पाइएपनि शिला निकाल्न सम्भव नभएपछि सहज स्थानमा प्राविधिक तथा धार्मिक टोली केन्द्रित भएको थियो। उत्खनन् गर्दा नदीबाट हुनसक्ने क्षतिका बारेमा समेत टोलीलाई सचेत बनाइएको र निकालिन लागेको शिलाले नदी आसपासमा कुनै क्षतिको सम्भावना नभएकाले एक्स्काभेटरले खन्ने र क्रेनले उत्खनन गर्ने तयारी भइरहेको छ।

तीन दशक अगाडीसम्म कालिगण्डकी नदीमा अत्यधिक पाइने शालिग्राम शिला अहिले सडक सञ्जालको विस्तार, नदीमै राखिएको क्रसर उद्योगको अवैध उत्खनन् लगायत विभिन्न किसिमका मानवीय र प्राकृतिक कारणले लोप हुँदै गएको छ। शालिग्रामलाई हिन्दु धर्मावलम्बीले विष्णुको अवतारका रुपमा पुज्ने गर्छन्।

कालिगण्डकी नदीमा मात्र पाइने शालिग्राम हिन्दु धर्मावलम्बीका लागि निकै बहुमूल्य शिला भए पनि नदी दोहनका कारण शिला पाउन मुस्किल भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले बताए। शालिग्राम शिला पाइने मुस्ताङ, म्याग्दी र पर्वत खण्डको नदी आसपासमा अवैध उत्खनन् तीव्र छ। मुस्ताङको दामोदर कुण्ड आसपासका क्षेत्रबाट बग्ने कालिगण्डकी नदी पवित्र तीर्थस्थलको रुपमा समेत चिनिन्छ। कालिगण्की नदीमा शालिग्राम शिला पाइने भएकाले पनि भक्तजनहरू खोजी गर्ने र दर्शका लागि जाने गर्दछन्।

प्रसिद्ध मुक्तिनाथ मन्दिरको प्रवेशद्वारको रूपमा रहेको म्याग्दीको गलेश्वर शिवालयमा पवित्र कृष्णागण्डकीबाट उठेर ९ रोपनी क्षेत्रफलमा फैलिएको एउटै प्रसिद्ध गोलाकार चक्रशिलाको उत्तर पूर्वी कोणमा अवस्थित मन्दिरभित्र स्वयं उत्पत्ति ज्योतिर्लिङ्गेश्वर महादेव विराजमान भएको धार्मिक विश्वास रहेको छ।

सत्ययुगमा सतीदेवीले अग्नीकुण्डमा हाम फालेर देह त्याग गरेपछि उनको मृत शरीर बोकेर शिव महादेवले पृथ्वीको भ्रमण गर्ने क्रममा गलेश्वरमा आएर गलापतन भएको हुँदा गलेश्वर नाम रहन गएको धार्मिक ग्रन्थहरूमा उल्लेख गरिएको छ। ज्योतिर्लिङ्ग, शालिग्राम, जलकूण्ड, शंखचक्रहरु, नागमणी आदि चक्राकार रूपी चिन्ह मानवनिर्मित नभई स्वंयम उत्पन्न भएको धार्मिक पुस्तकमा उल्लेख छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

भर्खरै प्रकाशित

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज