Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

माघिको रौनक (फोटो फिचर)


माघिको रौनक (फोटो फिचर)

तौलिहवा, माघ २ गते । थारु समुदायको राष्ट्रिय पर्व माघी महोतसव २०७९ तथा नयाँ वर्षको अवसरमा आजदेखि कपिलबस्तु नगरपालिका ६ सगरहवा लगायत जिल्लाको बुद्धभुमि, शिवराज र बाणगंगामा महोत्सव आयोजना गरिएको छ । थारु समुदायले माघीलाई विशेष पर्वको रुपमा लिने गर्दछन । माघीकै अवसरमा अर्थात माघे संक्रान्तिको दिनमा थारु समुदायमा महत्वपूर्ण निर्णय गर्ने गरिन्छ ।

थारु कलासंस्कृतिको जर्गेना गर्ने उद्देश्यले सगरहवाा मा २ दिने दोश्रो थारु माघी महोत्सव आयोजना गरिएको हो । दुई दिन सम्म चल्ने महोत्सवमा महिला र पुरुषहरू आ आफ्नो भेषभुषामा सजिएर आएका थिए । पुरुष भन्दा महिलाहरु आफ्नो छुट्टै पहिचान बोकेर आएका कारण सबैको आकर्षणको केन्द्र बनेका थिए । महिलाहरु लेहंगा चोली लगाई ओढनी ओढेर अरिया लगाएर थिए ।

त्यस्तै उनीहरुले घाटीमा हसुली, कम्मरमा कर्धन लगाई खुट्टामा कढा लगाएका थिए । कानमा झुम्का र नाकमा नथुनीले पनि उनीहरूको कला संस्कृति झल्कन्थ्यो । यस्तै अन्य कतिपय थारु महिलाहरु छैकल, बाजु, बहु महुची र माला लगायतका गर गहनामा सजिएर आएका थिए ।


यस्तै आधुनिक जिन्स पाइन्टमा देखिने पुरुषहरू पनि थारु भेषभुषामा सजिएर आएका थिए । उनीहरुले धोती जामा लगाई बाहिर कट आसकोटमा पगडी र भेगाई लगाएर आएका थिए । नाच र गानमा उनीहरुले बिभिन्न विषय उठान गरेका थिए । माघी महोत्सवमा आमन्त्रितलाई थारुहरूको खानाको विशेष परिकारहरु पनि प्रदर्शनमा राखिएको थियो ।


महोत्सवमा लोप हुन लागेका झुमरा नाँच, मयूर नाँच, लठी नाँच, झररा लगायतको कलाको संरक्षण गर्न महोत्सव आयोजना गरिएको कार्यक्रमका सह संयोजक सोहन थारुले बताउनुभयो ।


महोत्सवमा प्रस्तुत गरिएको थारु कला संस्कृति बारे आरु समुदायलाई जानकारी मिल्ने कपिलबस्तु नगरपालिकाका नगर प्रमुख सुदिप पौडेलले बताउनुभयो । पर्वले एक आपसमा सद्भाव कायम राख्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “तपाईहरुको हरेक क्रियाकलपमा नगरपालिका सधै तत्पर रहेको बताउनुभयो ।” कार्यक्रम सगरहवा गाँउ समाजको आयोजनामा हुन लागेको छ ।

कार्यक्रममा कपिलबस्तु नगरपालिका वडा नं। ६ का वडाध्यक्ष रामजित कुर्मी, वडा सचिव गौतम शाक्य लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

तौलिहवामा ७० औ बिश्व कुष्ठरोग दिवस मनाइयो

तौलिहवामा ७० औ बिश्व कुष्ठरोग दिवस मनाइयो

बुद्धकालीन मुर्ति सम्बन्धी २ महिने सिपमुलक तालिम

बुद्धकालीन मुर्ति सम्बन्धी २ महिने सिपमुलक तालिम

लुम्बिनी मागी खाने भाँडो होइन : मन्त्री किराती

लुम्बिनी मागी खाने भाँडो होइन : मन्त्री किराती

ओझेलमा कपिलवस्तु संग्रहालय

ओझेलमा कपिलवस्तु संग्रहालय

मर्चवारी गाउँपालिकाको रायपुर प्राथमिक स्वास्थ्य केन्द्रबाट तिन सय बढी सुत्केरीले लिए सेवा

मर्चवारी गाउँपालिकाको रायपुर प्राथमिक स्वास्थ्य केन्द्रबाट तिन सय बढी सुत्केरीले लिए सेवा

मृत्युपश्चात शरीरका सबै अंग दान गर्ने प्रधानमन्त्री प्रचण्डको घोषणा

गृह मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री प्रचण्डलाई

भर्खरै प्रकाशित

तौलिहवामा ७० औ बिश्व कुष्ठरोग दिवस मनाइयो

तौलिहवामा ७० औ बिश्व कुष्ठरोग दिवस मनाइयो

बुद्धकालीन मुर्ति सम्बन्धी २ महिने सिपमुलक तालिम

बुद्धकालीन मुर्ति सम्बन्धी २ महिने सिपमुलक तालिम

लुम्बिनी मागी खाने भाँडो होइन : मन्त्री किराती

लुम्बिनी मागी खाने भाँडो होइन : मन्त्री किराती

ओझेलमा कपिलवस्तु संग्रहालय

ओझेलमा कपिलवस्तु संग्रहालय

मर्चवारी गाउँपालिकाको रायपुर प्राथमिक स्वास्थ्य केन्द्रबाट तिन सय बढी सुत्केरीले लिए सेवा

मर्चवारी गाउँपालिकाको रायपुर प्राथमिक स्वास्थ्य केन्द्रबाट तिन सय बढी सुत्केरीले लिए सेवा

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि