मोनिका श्रीवास्तव, कपिलवस्तु
कपिलवस्तु, २ माघ । माघे सक्रान्तिका अवसरमा आयोजित माघी मेलामा बेलुन फुलाउने सिलिण्डर विष्फोट हुंदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बेलुन विक्रेता वाणगंगा नगरपालिका वडा नं. ८ का ६५ वर्षीय नासिर मोहम्मद रहेको प्रहरीले जनाएको छ ।
ग्यास सिलिण्डरबाट बेलुन फुलाउंदै गर्दा वेलुन विष्फोट भएको थियो । घटना स्थलमै बेलुन विक्रेता मोहम्मदको मृत्यु भएको ईलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरिक्षक दिपक बाबु केसीले बताए ।
कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नं. ९ कपिलधाममा माघे सक्रान्तिका अवसरमा स्थानीय थारु कल्याणकारी सभाले माघी मेलाको आयोजना गरेको थियो ।
















































