पूर्व राष्ट्रपति डा. रामवरण यादवले मुलुकका राम्रो संविधान बने पनि राजनीतिक स्थिरता पाउन नसकेको बताएका छन् ।
मीनकुमारी राणा प्रतिष्ठानले आइतबार भक्तपुरमा आयोजना गरेको कार्यक्रममा यादवले मुलुकको संविधान बनाउन आफूले पनि राम्रो भूमिका निर्वाह गरेको र संविधान राम्रै बने पनि राजनीतिक स्थिरता पाउन नसकेको बताए ।
अझै पनि जनतालाई आड भरोसा र विश्वास दिलाउन नसकिएको धारणा राख्दै उनले असल छोराले मात्रै आफ्ना बाबुआमालाई सधैँ जीवन्त राख्ने र सम्झने गरी कार्यक्रम गर्ने बताए । उनले समाजलाई राम्रो योगदान दिनहरूलाई सदैव सम्झनुपर्ने पनि बताए ।