मोहम्मद रफिक । जहदी
कपिलबस्तुको कपिलबस्तु नगरपालिका वडा नं. ११ जहदीमा सरसफाई गरिएको छ । जहदी चौक देखि जमुवार पुल सम्म सरसफाई गरिएको छ । साथै जहदीमा हुने विष्णु महायज्ञ स्थलमा पनि सरसफाई गरिएको हो ।
कार्यक्रम कपिलबस्तु नगरपालिका वडा नं. १० का वडाध्यक्ष मोहनलाल शर्मा, वडा नं. ११का वडाध्यक्ष राम गोपाल यादव, ट्राफिक पोष्ट ओदारीका असई जित बहादुर भट्ट, जहदी चौकीका असई गोपाल ढाडी, सामाजसेवी जित बहादुर चौधरी स्थानिय लगायतको सहभागितामा भएको हो ।
कार्यक्रम सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत गरिएको हो ।