Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

लुम्बिनी मागी खाने भाँडो होइन : मन्त्री किराती

Author Avatar साझा न्यूज 29th January 2023 , 8:30 PM
लुम्बिनी मागी खाने भाँडो होइन : मन्त्री किराती

काठमाडौं, माघ १५ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले लुम्बिनी विकासका कर्मचारीलाई क्यालेण्डरअनुसार कार्ययोजना बनाएर काम गर्न निर्देशन दिनुभएको छ ।

आइतबार लुम्बिनी विकास कोषले आयोजना गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री र राज्यमन्त्रीलाई स्वागत कार्यक्रममा बोल्दै मन्त्री किरातीले लुम्बिनी विकास कोषले देखाएको कार्यप्रतिको रिपोर्ट सन्तोषजनक नभएको बताउनुभयो । उहाँले लुम्बिनीजस्तो पवित्रस्थलको काम इमानदारिताका साथ गर्न उहाँले निर्देश गर्नुभयो ।

मन्त्री किरातीले लुम्बिनीको विकास गर्न कोषसँग बजेट, कार्यक्रम हुँदाहुँदै काम नभएको भन्दै अब योजनाअनुसारको काम चाहिने उहाँले बताउनुभयो । नेपालको संविधान कानुनअनुसार संरचनाहरू निर्माण भएको भन्दै संरचनामा कर्मचारी भएर पनि काम किन नभएको ? भन्दै उहाँले प्रश्न गर्नुभयो ।

लुम्बिनी विकासको बाँकी काम गर्न क्यालेण्डरअनुसार सात दिन, एक महिना, तीन महिना, ६ महिना र एक वर्षमा के गर्ने भन्ने कार्ययोजना बनाउन मन्त्री किराँतीले निर्देशन दिनुभयो । गौतमबद्धको जन्मथलो लुम्बिनी मागी खाने भाँडो नभएर बौद्ध धर्मावलम्वीहरुको नाभी तथा ढुकढुकी भएको बताउनुभयो ।

मन्त्री किरातीले कर्मचारीहरूलाई पवित्र थलोमा बसेर अपवित्र कर्म नगर्न आग्रह गर्नुभयो । उहाँले नेपालले गौरवका साथ विश्वमा गौतमबद्धको नाम बेच्ने, पवित्र थलो लुम्बिनी भन्ने तर लुम्बिनीमा नै अपवित्र काम गर्न कसैलाई छुट नभएको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘लुम्बिनी विकास कोषको रिपोर्टमा म सन्तोष छैन । मन्त्री भएर होइन, लुम्बिनी विकास कोषको अध्यक्ष भएर बोल्दैछु । विश्व सम्पदा बौद्धधाम मात्रै नभएर गौतमबद्धको जन्मस्थल फोहोर छ भनेर चीनमा सुनेको थिएँ ।”

“लुम्बिनीमा गाई ल्याएर चराइन्छ रे, त्यहाँ गाईको गोबर मात्रै छ भन्छन्” गौतमबुद्धका विषयमा बाहिर गलत प्रचार भइरहेको उहाँले बताउनुभयो । लुम्बिनीको विकास गर्न बजेट छ, कार्यक्रम छ तर काम किन भएन ? उहाँले जिज्ञासा गर्नुभयो ।

उहाँले लुम्बिनी विकास कोषको काम भएन भनेर कर्मचारी सरुवा गरेर रमिता नदेखाउने पनि बताउनुभयो । कर्मचारी सरुवा तथा थर्काउने पुरानो प्रवृत्ति भएको भन्दै वर्तमान सरकार कर्मचारीबाट क्यालेण्डरअनुसार कामको परिणाम चाहेको बताउनुभयो । मन्त्री किराँतीले कर्मचारीहरूलाई जस्केला वा झ्यालबाट छिरेर काम गर्ने कोसिस नगर्न निर्देश गर्नुभयो ।

देशको हीतविपरित हुने क्रियाकलाप नगर्ने पनि उहाँले प्रष्ट पार्नुभयो । सरकारले नीतिमा कहाँ सहयोग गर्नुपर्ने हो सुझाव दिन उहाँले आग्रह गर्नुभयो । सरकारको तर्फबाट आफू सहयोग गर्न तयार रहेको उहाँले प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रममा पर्यटन सचिव सुरेश अधिकारीले लुम्बिनी विकास गुरुयोजनाभन्दा बाहिर संरचना निर्माण भएको स्वीकार गर्नुभयो । उहाँले गुरुयोजना भन्दा बाहिरका संरचना बनाउनुपर्ने बाध्यता भएपनि कतिपय बनाउनु नपर्ने संरचना बनाइएको बताउनुभयो । सचिव अधिकारीले बजेटको कमी, बजेट समयमा नै निकासा नहुने मात्रै नभई कोषको काम प्राथमिकतामा भरपर्ने बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

भर्खरै प्रकाशित

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज