साझा न्यूज । तौलिहवा
कपिलबस्तुको बुद्धभुमि नगरपालिका वडा नं. १ विरपुरमा बेसिक व्याडमिन्टन प्रशिक्षण तालिम सम्पन्न भएको छ । सो तालिम १५ दिन सम्म चलेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि एवम् कपिलबस्तु व्याडमिन्टन संघका अध्यक्ष दिनेश हमालले यस्तै कार्यक्रम जिल्लाका अन्य पालिका तथा वडाले गर्नु पर्ने बताउनुभयो । कार्यक्रममा बुद्धभुमि १ का वडाध्यक्ष तिलक बस्नेत, अंपायर एम हुसेन संयोजक बलराम बस्नेत लगायतको सहभागित रहेको थियो ।
प्रशिक्षण कार्यक्रममा जेहेन्दार खेलाडी रविनालाई कपिलबस्तु नगरपालिका स्थित परहान एम्पेक्सका संचालक नसरुद्दीन गौरीले एक सेट ट्रेक शूट समेत प्रदान गरेका थिए ।