कपिलबस्तु, माघ १८ गते । शिक्षा र स्वास्थ्यको बिषयलाई केन्द्रित गरी कपिलबस्तुमा एकीकृत बिकास परियोजना संचालन हुने भएको छ । कपिलवस्तुको बिजयनगर गाउँपालिका र यशोधरा गाउँपालिकालाई लक्षित गरी उक्त परियोजना लागु भएको हो । शेचेन करुणा नामक एक गैर सरकारी संस्थाले उक्त परियोजना संचालन गर्न लागेको हो ।
सो अवसरमा तौलिहवामा परियोजनाको परिचयात्मक कार्य भएको हो । संस्थाले आफ्नो केन्द्रिय कार्यालय फ्रान्समा राखेर भारत तथा नेपालको बिभिन्न जिल्लाहरुमा काम गर्दै आईरहेको कुरा कार्यक्रम संयोजक हुमलाल अधिकारीले बताउनुभयो । संस्थाले यशोधार गाउँपालिकाको वडा नं ८ को शिहोखोर, मधुनगरा , खोरिया ,बाँसखोर र मटेरियामा र त्यसै गरी बिजयनगरको वडा नं १ मा काम गर्ने भएको छ । परियोजनाले पोषण , कृषि , पशु, वातावरण ,शिक्षा, जिविको पार्जन , क्षमता अभिबृद्धिमा केन्द्रित रहने छ ।
कार्यक्रममा जिल्ला समन्वय समितीका संयोजक बाबुराम अचार्यले कपिलवस्तु अझै पनि शिक्षा र स्वास्थ्यको क्षेत्रमा पछिपरेको जिल्ला रहेको बताउँदै कार्यक्रम लागु भएको २ वटा पालिका बाहेक कृष्णनगर नगर पालिकाको पनि अवस्था कमजोर रहेको बताउादै संस्थाले अगामी दिनमा त्यता तिर पनि कार्यक्रम बिस्तार गर्नु पर्ने बताउनुभयो ।
यशोधरा गाउँपालिका र बिजयनगर गाउँपालिका प्रमुख, उपप्रमुख, शिक्षा, स्वास्थ्य र सामाजिक विकास शाखाका प्रमुखहरु, जिल्ला स्थित गैर सरकारी संस्थाहरुका प्रमुख तथा प्रतिनिधी र संचारकर्मीहरुको सहभागितामा उक्त कार्यक्रम सम्पन्न भएको छ ।
शेचेन करुणाका कार्यकारी निर्देशक शुलभ रानाको अध्यक्षता र जिल्ला समन्वय समितीका संयोजक बाबुराम अचार्यको प्रमुख अतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रमको अतिथीहरुमा यशोधरा गाउँपालिकाका अध्यक्ष शिव दयाल तिवारी, उपाध्यक्ष गुन्जा देबी मौर्या , बिजयनगर गाउँपालिकाका अध्यक्ष गोपाल थापा र यशोधरा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत तेज बहादुर सिंह लगायतको सहभागिता रहेको थियो ।