कपिलबस्तु, माघ १९ गते । लुम्बिनी प्रदेश कै प्रमुख गन्तब्य जगदीशपुर तालमा ‘यो सिमसार पुर्नस्थानाको समय हो’ भन्ने नारासहीत २७ औ सीमसार दिवस मनाइएको छ । डिभिजन वन कार्यालय कपिलवस्तु र जगदीशपुर जलासय ब्यस्थापन बहुसरोकार मञ्चको आयोजनामा सिमासार दिवसर र १० औ चरामहोत्सव संचालन गरिएको हो ।
लुम्बिनी प्रदेशका सदस्य बिष्णु पन्थी, जिल्ला समन्वय समितका प्रमुख बावुराम आचार्य र डिभिजन वनक कार्यालय कपिलवस्तुका प्रमुख बिजयराज सुबेदी र मंचका अध्यक्ष ललित गुरुङले परेवा उडाएर कार्यक्रमको उद्धघाटन गरेका थिए ।
लुम्बिनी प्रदेशका सदस्य पन्थीले जगदीशपुर ताल लुम्बिनी प्रदेश कै प्रमुख पर्यटकीय स्थल रहेको बताए । उनले प्रदेश सरकारले जगदीशपुर तालको विकासका लागि चाहिने बजेटको व्यवस्थाका लागि आफूले पहल गर्ने प्रतिवद्धता ब्यक्त गरे ।
प्रजिअ शंकरहरि आचार्यले प्राकृतिक विविधताले भरिएको जगदशीपुर तालको संरक्षण र विकास गर्नु पर्ने बताए । स्थानीयको सहभागीतामा ताललाई सुन्दरीकरण गरी आयआर्जन तर्फ उन्मुख गराउनु पर्ने बताए । उनले चराहरुको बासस्थानका रुपमा परिचित जगदीशपुर तालमा मानवीय गतिबिधिलाई कम गर्नु पर्ने बताए ।
जिल्ला समन्वय समितिका प्रमुख बावुराम आचार्यले तालको विकासमा अब ढिलाई गर्न नहुने बताए । उनले खुला संंग्रहालयका रुपमा रहेको कपिलवस्तुका समग्र पर्यटकीय विकासका लागि गुरु योजना बनाई अघि बढनु पर्ने बताए । सो अवसरमा तालको विकासमा सबैको साझा प्रयास आवश्यक रहेको डिभिजन वन कार्यालकया प्रमुख बिजयराज सुबेदीले बताए । आफूले पनि तालको विकास संरक्षका लागि प्रयास गर्ने उनले बताए । उनले तालको ठोस विकास गरी पर्यटकीय लाभ लिनु पर्ने बताए ।
मंचका अध्यक्ष ललित गुरुङको अध्यक्षता र सचिव सुन्दर पाण्डेयको संचालनमा भएको कार्यक्रममा प्रहरी उपरिक्षक प्रेम बहादुर बस्नेत, मंचका उपाध्यक्ष अब्दुल रसिद खा वडा नम्बर १० का अध्यक्ष मोहनलाल शर्मा, वडा नं. ११ का वडाध्यक्ष राम गोपाल यादव, शिव पौडेल लगायतले शुभकामना मन्तब्य दिएका थिए । ताललाई गत बर्ष पंक्षी संरक्षण क्षेत्र घोषणा गरिएको थियो ।