यस वर्षको सिमसार दिवसर खल्लो भएको भन्दै गुनासो गरिएको छ । विगत ९ वर्ष देखि तामझामका साथ सिमसार दिवस मनाईदै आएकोमा यस वर्ष औपचारिकतामा मात्र सिमित भएको सरोकारवालाले गुनासो गरेका हुन् । जगदीशपुर जलासय ब्यस्थापन बहुसरोकार मञ्चका उपाध्यक्ष अब्दुल रसिद खाले यस वर्ष दिवस खल्लो रहेको गुनासो गरे । बिगत नौ वर्ष देखि सिमसार दिवसमा यहा तामझाम र रमाइलो गरी दिवस मनाइएकोमा यस वर्ष किन खल्लो भयो भन्दै उनले प्रश्न तेर्साए । कोरोना र अन्य समयमा समेत बृहत सहभागीता र कार्यक्रम गरी दिवस मनाइन्यो तर यस वर्ष नाम मात्रको दिवस रहेको उनले बताए ।
गत वर्ष सम्म तालमा म्याराथन दौड, निबन्ध र कबिता, चित्रकला प्रतियोगीता थारु नाचहरु गर्ने गरिन्थ्यो । यस्तै उत्कृष्ट संचारकर्मीलाई समेत पुरस्कृत गर्ने गरिएको थियो । तर यो वर्ष त्यस्तो केही भएन । मंचमा भाषण गरेर मात्र दिवस मनाइएको अब्दुल रसिदले बताए । ‘नगरपालिका र वडा कार्यालय संग समेत समन्वय गरिएन बजेटको अभाव भनियो’ उनले भने । डिभिजन वन कार्यालयले दिएको केही रकमले दिवस मनाइएको हो ।
यस्तै तालको सरसफाई र अन्य कामका लागि आएको बजेटबाट बचेको पैसाले दिवसमा खर्च गर्ने सहमित भएको नगरपालिका वडा नम्बर १० का अध्यक्ष मोहनलाल शर्माले बताए । बिगतमा सिमसार दिवस मनाउने बिषयमा २ हप्ता अघि देखि नै तयार गरिथ्र्यौ । तर यस पटक २ दिन अघि मात्र कार्यक्रम गर्ने निर्णय गरिएको थियो ।