चन्द्रपुर नगरपालिका वडा नं.६ हातेमालो सामुदायिक वन नजिकै घर भएका प्रकाश राईले बुबाको हत्या गरेका छन्।
३२ वर्षीय राईले बिहीबार राति चिर्पट प्रहार गरी बुबा ५५ वर्षीय निरकुमारको हत्या गरेको प्रहरीले जनाएको छ। राईलाई राति नै प्रहरीले हिरासतमा लिएर अनुसन्धान थालेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ।
सामान्य विवाद हुँदा प्रकाशले बुबालाई चिर्पटले हानेका थिए। टाउको, निधारको दाहिने भाग, बायाँ गालामा गम्भीर चोट लागेर घाइते भएका निरबहादुरलाई तत्काल चन्द्रपुर अस्पतालमा उपचारका लागि लगिएको थियो। त्यहीँ उनको मृत्यु भएको इलाका प्रहरी चन्द्रनिगाहपुरले जनाएको छ।
घटना लगत्तै इलाका प्रहरीले प्रकाशलाई नियन्त्रणमा लिएको छ। उनले मादक पदार्थ सेवन गरेको पाएको डीएसपी सन्तुप्रसाद जैसवारले बताए।
मृतक राईको शव पोष्टमार्टमका लागि चन्द्रपुर अस्पतालमा राखिएको छ।
















































