Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

पश्चिमी वायु सक्रिय नहुँदा हिउँदयाम सकिनै लाग्दा समेत भएन वर्षा

Author Avatar साझा न्यूज 6th February 2023 , 9:21 AM
लुम्बिनी र गण्डकी प्रदेशमा मौसम पूर्ण बदली भई ठाउँठाउँमा पानी

Rain drops falling from a black umbrella concept for bad weather, winter or protection

फाइल तस्बिर

काठमाण्डाै – पश्चिमी वायु सक्रिय नहुँदा यसपालि हिउँदयामको अन्तिमतिर आइपुग्दा समेत जमिन भिज्ने गरी वर्षा हुन सकेको छैन । यस्तै, यसपालि हिमपातसमेत राम्ररी हुन सकेको छैन । केही दिनअघि सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही ठाउँमा पानी परे पनि अन्य क्षेत्रमा पानी पर्न सकेको छैन । त्यतिबेला पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव परेको थियो । केही दिनयता पनि पश्चिमी वायुको प्रभाव पर्न थालेको छ । यसकै प्रभावका कारण हिमाली जिल्लामा हल्का हिमपात हुने अनुमान गरिएको छ ।

पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्यबदली भइरहेको छ भने तराईका जिल्लामा हुस्सु कुहिरो लाग्दै आएको छ । तर, मौसम बदली भइरहे पनि पश्चिमी वायु सक्रिय नभइदिँदा पानी पर्ने सम्भावना भने नरहेको मौसमविद् गंगा नगरकोटीले जानकारी दिनुभयो । उहाँका अनुसार तत्काललाई पानी पर्ने सम्भावना पनि छैन ।

डिसेम्बर, जनवरी र फेब्रुअरी तीन महिनालाई हिउँदयाम मानिन्छ । हिउँदको पहिलो महिना डिसेम्बर पानी नपरि बितेको थियो भने जनवरीमा पश्चिमका केही क्षेत्रमा हल्का वर्षा भएको थियो । तर, अहिले फेब्रुअरीको पहिलो हप्ता बित्न लागिसक्दा पनि पानी पर्न भने सकेको छैन ।

यस्तै आज पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली र हिमाली जिल्लामा हल्का हिमपात हुने अनुमान गरिएको छ । तराईका जिल्लामा भने बिहानैदेखि बाक्लो हुस्सु कुहिरो लागेको छ । तराईमा लागेको हुस्सु कुहिरो दिउँसो पछि हट्ने अनुमान गरिएको छ । बाक्लो हुस्सु कुहिरो लागेकाले गाडी चलाउँदा र यात्रा गर्दा सावधानी अपनाउन मौसमविद्ले सुझाव दिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

खुकुरी प्रहार गरी महिलाको हत्या

खुकुरी प्रहार गरी महिलाको हत्या

नेपालगन्ज नाकामा आयात १३, निर्यात १० प्रतिशत वृद्धि

नेपालगन्ज नाकामा आयात १३, निर्यात १० प्रतिशत वृद्धि

ट्राफिक सक्रियताले राजस्वमा वृद्धि, ३ हजार, कार्वाहीमा ४६ लाख संकलन

ट्राफिक सक्रियताले राजस्वमा वृद्धि, ३ हजार, कार्वाहीमा ४६ लाख संकलन

विमानस्थलबाट ४ किलो गाँजासहित दुई भारतीय पक्राउ

विमानस्थलबाट ४ किलो गाँजासहित दुई भारतीय पक्राउ

मलखाद कालो बजारी गरेको आरोपमा सहकारी संचालक पाण्डेय थुनामा

चार लाख भारतीय रकमसहित पक्राउ

सांसद शाहलाई तत्काल पक्राउ नगर्न सर्वोच्च अदालतको आदेश

सांसद शाहलाई तत्काल पक्राउ नगर्न सर्वोच्च अदालतको आदेश

भर्खरै प्रकाशित

खुकुरी प्रहार गरी महिलाको हत्या

खुकुरी प्रहार गरी महिलाको हत्या

नेपालगन्ज नाकामा आयात १३, निर्यात १० प्रतिशत वृद्धि

नेपालगन्ज नाकामा आयात १३, निर्यात १० प्रतिशत वृद्धि

काभा भलिबल च्याम्पियनशिपमा नेपालले आज श्रीलङ्कासँग खेल्दै

काभा भलिबल च्याम्पियनशिपमा नेपालले आज श्रीलङ्कासँग खेल्दै

ट्राफिक सक्रियताले राजस्वमा वृद्धि, ३ हजार, कार्वाहीमा ४६ लाख संकलन

ट्राफिक सक्रियताले राजस्वमा वृद्धि, ३ हजार, कार्वाहीमा ४६ लाख संकलन

विमानस्थलबाट ४ किलो गाँजासहित दुई भारतीय पक्राउ

विमानस्थलबाट ४ किलो गाँजासहित दुई भारतीय पक्राउ

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज