Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

पहिलो पटक कर्णालीमा मिर्गौला प्रत्यारोपण

Author Avatar साझा न्यूज 6th February 2023 , 9:32 AM
पहिलो पटक कर्णालीमा मिर्गौला प्रत्यारोपण

सुर्खेत – कर्णाली प्रदेशमा पहिलाे पटक मिर्गाैला प्रत्याराेपण गरिएकाे छ ।  प्रदेश अस्पताल सुर्खेतमा पहिलो पटक मिर्गौला प्रत्यारोपण गरिएको हाे । बर्दघाट नगरपालिका–४ नवलपरासीका २२ वर्षीय मोतिबहादुर थापाको शनिवार अस्ति मिर्गौला प्रत्यारोपण गरिएको हो । कानुनी तथा व्यवस्थापकीय प्रक्रिया पूरा भएपश्चात् शहीद धर्मभक्त माथेमा राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरका निर्देशक डा. पुकारचन्द्र श्रेष्ठ र अस्पताल निर्देशक डा. डम्बर खड्का नेतृत्वको संयुक्त टोलीले प्रत्यारोपण कार्य सम्पन्न गरेको हो ।

थापालाई उहाँकी ४३ वर्षीया आमाले मिर्गौला दान गर्नुभएको हो । प्रत्यारोपण कार्यमा काठमाण्डाै उपत्यका बाहिर सरकारी अस्पतालमा दोस्रो पटक र कर्णालीमा पहिलो पटक निःशुल्क मिर्गौला प्रत्यारोपण गरिएको प्रदेश अस्पताल सुर्खेतका निर्देशक डा खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार प्रदेश अस्पतालले अनुमति पाएको तीन महिनापछि सफल मिर्गौला प्रत्यारोपण भएको छ ।

शहीद धर्मभक्त माथेमा राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरका निर्देशक डा. श्रेष्ठ र कर्णाली प्रदेश अस्पताल सुर्खेतका निर्देशक डा. खड्काले प्रदेश अस्पतालमा मिर्गौला प्रत्यारोपणका लागि २०७८ साल चैत १० गते सम्झौता गर्नुभएको थियो । केन्द्रबाट डा. रविकिरण गौतम, डाक्टर हरि बराल, एनेस्थेसियोलोजिस्ट डा. सोभित थापा, रश्मित श्रेष्ठ, नेफ्रोलोजिस्ट डा. सुमित आचार्य, डा. दीपा लामिछाने र रेडियोलोजिस्ट डा. समीर दवाडी संलग्न हुनुहुन्थ्यो ।

त्यस्तै, सुर्खेत अस्पतालबाट डा. पूजन बल्ल, डा. जनी बज्राचार्य, फिजिसियन डा. कुलराज शाही, ओटी इन्चार्ज प्रभा रावल तथा ओटी रआईसीयूमा कार्यरत नर्स प्रयोगशालाका इन्चार्ज भरत देवकोटालगायत कर्मचारीहरूको टोली मिर्गौला प्रत्यारोपण कार्यमा संलग्न भएको थियो ।

प्रत्यारोपण सेवालाई नियमित सञ्चालन प्रदेश अस्पतालको आउँदाे योजना रहेको छ । यसका लागि अस्पतालमा कार्यरत चिकित्सक, नर्स तथा प्राविधिकलाई क्षमता वृद्धि गर्न उच्चस्तरको तालिमका लागि केन्द्रमा पठाउने निर्देशक डा. डम्बर खड्काले जनाउनुभयो । प्रत्यारोपण केन्द्रमा अहिलेसम्म एक हजार ११ जनाको मिर्गौला र नौजनाको कलेजो प्रत्यारोपण गरिएको कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले जानकारी दिनुभयो । ‘अब कर्णालीका बिरामीले काठमाण्डाै धाउनुपर्ने अवस्था आउँदैन र बिरामीले रु एक समेत खर्च गर्नुपर्दैन’, उहाँले भन्नुभयो, ‘यसको सेवा निरन्तर हुन्छ तर कुनै पनि हालतमा बन्द हुँदैन ।’

मिर्गौला प्रत्यारोपण निःशुल्क भएको र कुनै पनि शुल्क तिर्नु नपरेको मोतिबहादुरका बुबा तुलबहादुर थापाले बताउनुभयो । ‘म शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा गएको थिएँ’, उहाँले भन्नुभयो, ‘सुर्खेतमै उपचार हुन्छ भनेपछि एक्लै यहाँ आउन साहस गरेँ। मिर्गौला प्रत्यारोपण कार्य पनि सोचेजस्तो भएको छ ।’ अहिले छोराको स्वास्थ्य अवस्था सन्तोषजनक भएको थापाले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

नवनियुक्त चार न्यायाधीशद्वारा शपथग्रहण

नवनियुक्त चार न्यायाधीशद्वारा शपथग्रहण

एनपिएलमा आज दुई खेल हुँदै, काठमाडौँसँग जनकपुर र कर्णालीसँग विराटनगर भिड्दै

एनपीएलमा आज दुई खेल: काठमाडौं–सुदूरपश्चिम र चितवन–जनकपुर भिड्दै

आजदेखि छठ पर्व सुरु, पहिलो दिन ‘नहाय–खाय’विधि गरिँदै

आजदेखि छठ पर्व सुरु, पहिलो दिन ‘नहाय–खाय’विधि गरिँदै

साझा न्यूजका सल्लाहकार गुप्तालाई पितृशोक

साझा न्यूजका सल्लाहकार गुप्तालाई पितृशोक

सुशासन, रोजगारी र निःशुल्क शिक्षालाई प्राथमिकता दिँदै शुद्दाेधन गाउँपालिकामा डा. निरज पाण्डेको उम्मेदवारी घोषणा

सुशासन, रोजगारी र निःशुल्क शिक्षालाई प्राथमिकता दिँदै शुद्दाेधन गाउँपालिकामा डा. निरज पाण्डेको उम्मेदवारी घोषणा

सलमानको सिनेमा ‘मातृभूमि’को ट्रेलरमा अनुपविक्रम शाहीको दबदबा

सलमानको सिनेमा ‘मातृभूमि’को ट्रेलरमा अनुपविक्रम शाहीको दबदबा

भर्खरै प्रकाशित

नवनियुक्त चार न्यायाधीशद्वारा शपथग्रहण

नवनियुक्त चार न्यायाधीशद्वारा शपथग्रहण

एनपिएलमा आज दुई खेल हुँदै, काठमाडौँसँग जनकपुर र कर्णालीसँग विराटनगर भिड्दै

एनपीएलमा आज दुई खेल: काठमाडौं–सुदूरपश्चिम र चितवन–जनकपुर भिड्दै

आजदेखि छठ पर्व सुरु, पहिलो दिन ‘नहाय–खाय’विधि गरिँदै

आजदेखि छठ पर्व सुरु, पहिलो दिन ‘नहाय–खाय’विधि गरिँदै

साझा न्यूजका सल्लाहकार गुप्तालाई पितृशोक

साझा न्यूजका सल्लाहकार गुप्तालाई पितृशोक

सुशासन, रोजगारी र निःशुल्क शिक्षालाई प्राथमिकता दिँदै शुद्दाेधन गाउँपालिकामा डा. निरज पाण्डेको उम्मेदवारी घोषणा

सुशासन, रोजगारी र निःशुल्क शिक्षालाई प्राथमिकता दिँदै शुद्दाेधन गाउँपालिकामा डा. निरज पाण्डेको उम्मेदवारी घोषणा

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज