अभिनेत्री करिश्मा मानन्धरले आफ्नो मानमर्दन हुने गरी युट्युबमा अन्तर्वार्ता दिएको भन्दै डिल्लीराम खनालविरुद्ध उजुरी दिएकी छन् ।
मानन्धरले नेपाल प्रहरीको साइबर ब्युरोमा खनालविरुद्ध उजुरी दिएकी हुन्।
करिश्माले दिएको उजुरी मंगलबार दर्ता भएको ब्युरोका प्रवक्ता पशुपतिकुमार रायले बताएका छन्। उनका अनुसार विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ अनुसार कारवाहीको माग गर्दै करिश्माले उजुरी दिएकी हुन्।
युट्युबमा विभिन्न अन्तर्वार्ता दिएर भाइरल बनिरहेका खनालले करिश्मा लिभिङ टुगेदर बसेको भन्दै युट्युबमा अन्तर्वार्ता दिएका थिए । उनको यो अभिव्यक्ति टिकटकमा समेत भाइरल बनिरहेको छ । करिश्माले फेसबुकमार्फत पनि उजुरी दिएको जानकारी गराएकी छन् ।