Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

चोलेन्द्रमाथिको महाभियोग प्रतिवेदन झिकाउन सर्वोच्चको आदेश


‘जेष्ठ नागरिक’लाई घरघरमै गएर कोरोना खोप दिन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले निवर्तमान प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिबाट पेश भएको प्रतिवेदन पेश गर्न आदेश दिएको छ ।

संवैधानिक इजलासले उक्त प्रतिवेदन कार्यान्वयनको अवस्था र तत्कालीन सभामुखको तोक लगायतको विवरण झिकाउन आदेश दिएको छ ।

निलम्बित प्रधानन्यायाधीश जबरालाई संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले महाअभियोग प्रस्ताव निष्क्रिय भएको भनी दिएको पत्र विरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको थियो ।

कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, डा. आनन्दमोहन भट्टराई, सपना प्रधान मल्ल र टङ्कबहादुर मोक्तानको इजलासले जबराको महाभियोगसँग जोडिएका सबै कागजात झिकाएको रिट निवेदकमध्येका एक अधिवक्ता ऋषिराम घिमिरेले जानकारी दिए ।

गत २१ मंसिर २०७९ मा संघीय संसद्का महासचिव भरतराज गौतमले निलम्बित प्रधानन्यायाधीश जबरालाई पत्र लेखेर अघिल्लो प्रतिनिधिसभामा पेश भएको महाभियोगको प्रस्ताव निष्क्रिय भइसकेको भनी पत्र दिएका थिए ।

जबरा त्यही पत्रका आधारमा अवकाशको ४ दिनअघि सर्वोच्च अदालतमा हाजिर हुने तयारी गरेका थिए । तर सर्वोच्चले २२ मंसिर २०७९ मा महासचिव गौतमको पत्र कार्यान्वयन नगर्नु भनी अन्तरिम आदेश दिएपछि जबरा हाजिर हुन पाएनन् ।

न्याय सम्पादनमा विचलन देखिएको र न्यायपालिकामा विकृति फैलाउन भूमिका खेलेको भन्दै १ फागुन २०७८ मा संघीय संसद सचिवालयमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता भएको थियो । लामो समय अलपत्र परेको प्रस्तावमाथि छलफल भएर प्रतिवेदन पेश गर्दा प्रतिनिधिसभाको कार्यकाल एक दिनमात्रै बाँकी थियो ।

१ असोज २०७९ मा सभामुख अग्नि सापकोटा समक्ष पेश भएको प्रतिवेदनमा जबरामाथि भ्रष्टाचारको आरोपमा छानबिन गर्न सिफारिस गरिएको थियो ।

समितिले जबराले संविधान र कानून बमोजिम ‘आफ्नो पदीय जिम्मेवारी पूरा गर्न नसकेको’ निष्कर्ष निकालेको थियो । समितिमा एमाले सांसदहरूले फरक मत राखेर थप कागजात मगाएर अध्ययन गर्नुपर्ने र त्यसपछि निष्कर्ष निकाल्नुपर्ने माग गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

fifa हत्याको आरोपमा आठ पक्राउ

रुपन्देहीको शुद्धोधन गाउँपालिकाका प्रशासकीय अधिकृतसहित तीनजा घुससहित पक्राउ

आज रामनवमी मनाइँदै, मधेश प्रदेशमा सार्वजनिक बिदा

आज रामनवमी मनाइँदै, मधेश प्रदेशमा सार्वजनिक बिदा

काँग्रेस महाधिवेशन : प्रतिनिधि हारे पनि माथिल्लो तहमा उम्मेदवार हुन पाउने

मन्त्रीहरूको नाम टुङ्गो लगाउन कांग्रेस कार्यसम्पादन समिति बैठक बस्दै

एसईई परीक्षामा जापानबाट १४ जना परीक्षार्थी सहभागी हुने

एसईई परीक्षामा जापानबाट १४ जना परीक्षार्थी सहभागी हुने

‘बालविवाह अन्त्य गर्न तीनै तहका सरकारबीच समन्वय हुनुपर्छ’

‘बालविवाह अन्त्य गर्न तीनै तहका सरकारबीच समन्वय हुनुपर्छ’

भारतमा कोरोना संक्रमण बढ्दा पनि नाकामा बेवास्ता

भारतमा कोरोना संक्रमण बढ्दा पनि नाकामा बेवास्ता

भर्खरै प्रकाशित

fifa हत्याको आरोपमा आठ पक्राउ

रुपन्देहीको शुद्धोधन गाउँपालिकाका प्रशासकीय अधिकृतसहित तीनजा घुससहित पक्राउ

आज रामनवमी मनाइँदै, मधेश प्रदेशमा सार्वजनिक बिदा

आज रामनवमी मनाइँदै, मधेश प्रदेशमा सार्वजनिक बिदा

काँग्रेस महाधिवेशन : प्रतिनिधि हारे पनि माथिल्लो तहमा उम्मेदवार हुन पाउने

मन्त्रीहरूको नाम टुङ्गो लगाउन कांग्रेस कार्यसम्पादन समिति बैठक बस्दै

एसईई परीक्षामा जापानबाट १४ जना परीक्षार्थी सहभागी हुने

एसईई परीक्षामा जापानबाट १४ जना परीक्षार्थी सहभागी हुने

fifa हत्याको आरोपमा आठ पक्राउ

fifa हत्याको आरोपमा आठ पक्राउ

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि