राष्ट्रपति विद्यादेवी भण्डारीले नवनिर्वाचित सांसहरूका लागि चियापान कार्यक्रमको आयाेजना गर्दैछिन्।
राष्ट्रपति भण्डारीले शनिबार अपरान्ह ३ बजे शीतलनिवासमा चियापानको आयोजना गरेकी हुन्।
निर्वाचन आयोगले राष्ट्रपतिकाे चुनाव फागुन २५ गते तय गरेको छ।
नेकपा एमालेले पूर्वसहमति अनुसार नै एमालेले राष्ट्रपति पद पाउनुपर्ने बताउँदै आएकाे छ।
यता प्रधानमन्त्री दाहाल भने राष्ट्रपति एमालेलाई नदिइ राष्ट्रिय सहमति खाेज्ने मनसायमा छन्।
राष्ट्रपतिकाे विषय सत्ता गठबन्धनमा किचलाे बन्दै गएकाे छ।
राष्ट्रपति भण्डारीको कार्यकाल फागुन २८ गते सकिँदै छ।