Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

व्यवसायिक सुरक्षाको प्रत्याभूति दिलाउन उद्योगी व्यवसायीको माग


व्यवसायिक सुरक्षाको प्रत्याभूति दिलाउन उद्योगी व्यवसायीको माग

भैरहवा, ६ फागुन ।

उद्योगी व्यवसायीहरुले सुरक्षाको प्रत्याभूति दिलाउन रुपन्देहीका नवआगन्तुक सुरक्षा प्रमुखसँग माग गरेका छन् । उनीहरुले पछिल्लो समय चोरी डकैताका घटना बढेकाले ती घटना हुन नदिनका सचेत हुनुपर्ने बताएका छन् ।

चेम्बर अफ कमर्स, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही) ले शनिबार भैरहवामा आयोजना गरेको रुपन्देहीका नवआगन्तुक सुरक्षा प्रमुखहरुसँग स्वागत तथा परिचयात्मक कार्यक्रममा बोल्ने उद्योगी व्यवसायीहरुले खुल्ला सीमा कारण चुनौती रहेकाले सीमा व्यवस्थित गर्नुपर्ने बताए ।

कार्यक्रममा बोल्दै चेम्बर अफ कमर्स, रुपन्देहीका अध्यक्ष अनिल कुमार ज्ञवालीले कोभिड–१९, आर्थिक मन्दी र बढ्दो बैंक ब्याजदरका कारण उद्योग व्यवसाय धरासायी भएको बताए । उनले बजारलाई चलायमान बनाउन सीमा क्षेत्रलाई व्यवस्थित गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘रुपन्देही विकासका दृष्टिकोणले तीव्र गतिमा अघि बढेको जिल्ला हो । यहाँ सुरक्षाको अवसर र चुनौती दुवै छन् । ’

उनले खुल्ला सीमाका कारण अवैध रुपमा भित्रिने सामानका कारण राजस्व घट्नुका साथै नेपालको व्यापार फस्टाउन नसकेको बताए । अध्यक्ष ज्ञवालीले रात्रीकालिन बजारले पर्यटकको बसाइ लम्ब्याउन सहयोग पुर्याउने भएको रात्रीकालिन बजारको महत्व रहेको बताए । उनले भने, ‘रात्रीकालिन बजार सञ्चालनका लागि खासै गृहकार्य हुन सकेको छैन, पर्यटकको बसाइ लम्ब्याउन योजना बनाउनुपर्छ ।’

संगठनका वरिष्ठ उपाध्यक्ष दर्पण श्रेष्ठले रातीको समयमा व्यवसाय तथा होटल छिटो बन्द हुँदा बाहिरबाट आउने पर्यटक मर्कामा परेको गुनासो आइरहेको बताए ।

संगठनका उद्योग उपाध्यक्ष रामचन्द्र रेग्मीले उद्योगी व्यवसायी र सुरक्षा निकायबीच सुमधुर सम्बन्ध हुनुपर्ने बताए । उनले भने, ‘राम्रा काममा सहयोग गर्छौं ।’ उपाध्यक्ष रेग्मीले भन्सार छलेर सामान ल्याउँदा स्वदेशी व्यवसाय मर्कामा परेको गुनासो गरे । उनले पछिल्लो समय यस क्षेत्रमा चोरी डकैतीका घटना बढेको बताए । उनले आर्थिक चलायमानका लागि रात्रिकालिन व्यवसाय सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

संगठनका सल्लाहकार सुरेन्द्र बस्यालले सुरक्षा निकाय र व्यवसायीका आफ्नै पीर मर्का रहेको बताए । उनले व्यवसाय मर्यादित बनाउनु सुरक्षा निकायको उद्देश्य रहेको बताए ।

सल्लाहकार ज्ञानु पौड्यालले खुल्ला सीमाका कारण अपराधिक गतिविधि भएकाले यसतर्फ सचेत हुनुपर्ने बताइन् । उनले अर्थतन्त्रमा निजी क्षेत्रको महत्वपूर्ण योगदान रहेको बताइन् ।

होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन, रुपन्देहीका अध्यक्ष पिताम्बर न्यौपानेले उद्योगी व्यवसायीसँग समन्वय गर्दै अघि बढ्न आग्रह गरे । उनले व्यवसायिक शान्ति सुरक्षाको प्रत्याभूति हुनुपर्ने बताए ।

मदिरा व्यवसायी संघ भैरहवाका अध्यक्ष केशवराज ज्ञवालीले पछिल्लो समय चोरीका घटना बढेकाले चनाखो हुनुपर्ने बताए । उनले विदेशी मदिरा अवैध रुपमा भित्रिदा राजस्व संकलनमा समेत कमी आएको बताए । उनले भने, ‘घरेलु मदिरा नियन्त्रण गर्नुपर्छ ।’

आस्था महिला उद्यमी संघ सिद्धार्थनगरकी अध्यक्ष विन्दु न्यौपानेले खुल्ला सीमा कारण विभिन्न चुनौती रहेको बताइन् ।

शान्ति सुरक्षाको प्रत्याभूति दिलाउँछौं ः एसपी वि.क.

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) भरत बहादुर वि.क.ले शािन्त सुरक्षाको प्रत्याभूति दिलाउने बताए । उनले प्रहरीलाई सबल बनाउन नागरिकको रचनात्मक सहयोग आवश्यक रहेकोमा जोड दिए । एसपी वि.क.ले भने, ‘निजी क्षेत्रसँग हातेमालो गर्दै सुझाव, सल्लाह लिएर अघि बढ्छौं । सीसीटिभी क्यामेरा थप्ने योजनामा छौं ।’

उनले आ–आफ्ना व्यवसायिक प्रतिष्ठानमा सीसीटिभी क्यामेरा जडान गर्न आग्रह गरे । नागरिकको साथ बिना प्रहरी सफल हुन नसक्ने भएकाले रचनात्मक सहयोगको अपेक्षा गरेको उनको भनाइ छ । उनले कुनै घटना भए प्रहरीलाई छिटो सूचना उपलब्ध गराउन आग्रह गरे ।

त्यस्तै सशस्त्र प्रहरी बल, नेपाल गण हेक्वा रुपन्देही नम्बर २७ गणका प्रमुख दीपक थापाले सीमा क्षेत्रबाट अवैध सामान बरामद भइरहेको बताए । उनले शान्ति सुरक्षा कायम गराउन प्रहरी लागिपरेको बताए ।

चेम्बर अफ कमर्स, (उद्योग व्यापार संगठन) रुपन्देहीका अध्यक्ष अनिल कुमार ज्ञवालीको अध्यक्षता, रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक भरत बहादुर वि.क.को प्रमुख आतिथ्यता, संगठनका उद्योग उपाध्यक्ष रामचन्द्र रेग्मीको स्वागत, वरिष्ठ उपाध्यक्ष दर्पण श्रेष्ठको धन्यवाद ज्ञापन तथा महासचिव सचिन रोक्काको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

सिद्धार्थनगर–९ उदयपुरस्थित संगठनको भवनमा रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक भरत बहादुर वि.क. र सशस्त्र प्रहरी प्रमुख सशस्त्र प्रहरी उपरीक्षक दीपक थापालाई स्वागतका साथै परिचयात्मक कार्यक्रम गरिएको संगठनका कोषाध्यक्ष राम मिलन यादवले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

भारतमा कोरोना संक्रमण बढ्दा पनि नाकामा बेवास्ता

भारतमा कोरोना संक्रमण बढ्दा पनि नाकामा बेवास्ता

चैते धानप्रति आकर्षण बढे पनि समयमा आउँदैन अनुदान

चैते धानप्रति आकर्षण बढे पनि समयमा आउँदैन अनुदान

टेलिभिजनलाई समयानुकुल बनाउनुपर्छ : अध्यक्ष ओली

टेलिभिजनलाई समयानुकुल बनाउनुपर्छ : अध्यक्ष ओली

सप्तरीमा साइकलबाट लडेर एक वृद्धको मृत्युु

सप्तरीमा साइकलबाट लडेर एक वृद्धको मृत्युु

मिटरब्याज पीडितको माग सम्बोधन गर्न स्थानीय प्रशासनले समन्वयन नगरेको संसदको आरोप

मिटरब्याज पीडितको माग सम्बोधन गर्न स्थानीय प्रशासनले समन्वयन नगरेको संसदको आरोप

नदीमा अडकिएको शवको पहिचान

नदीमा अडकिएको शवको पहिचान

भर्खरै प्रकाशित

भारतमा कोरोना संक्रमण बढ्दा पनि नाकामा बेवास्ता

भारतमा कोरोना संक्रमण बढ्दा पनि नाकामा बेवास्ता

चैते धानप्रति आकर्षण बढे पनि समयमा आउँदैन अनुदान

चैते धानप्रति आकर्षण बढे पनि समयमा आउँदैन अनुदान

मन्त्रीको नाम तयार छ, प्रधानमन्त्रीको जवाफ कुर्दै छौँ: एकीकृत समाजवादी

मन्त्रीको नाम तयार छ, प्रधानमन्त्रीको जवाफ कुर्दै छौँ: एकीकृत समाजवादी

टेलिभिजनलाई समयानुकुल बनाउनुपर्छ : अध्यक्ष ओली

टेलिभिजनलाई समयानुकुल बनाउनुपर्छ : अध्यक्ष ओली

सप्तरीमा साइकलबाट लडेर एक वृद्धको मृत्युु

सप्तरीमा साइकलबाट लडेर एक वृद्धको मृत्युु

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि