Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

राष्ट्रिय प्रजातन्त्र दिवस औपचारिकतामा सीमित

Author Avatar साझा न्यूज 19th February 2023 , 9:01 AM
राष्ट्रिय प्रजातन्त्र दिवस मनाइँदै, आज सार्वजनिक बिदा

१०४ वर्षीय जहानियाँ राणा शासनको अन्त्य गरी प्रजातन्त्र घोषणा भएको दिन २००७ साल फागुन ७ गतेको दिनलाई राष्ट्रिय प्रजातन्त्र दिवसका रूपमा मनाइँदै आएको छ ।

देश सङ्घीय संरचनामा गएपछि प्रदेशस्तरमा राष्ट्रिय प्रजातन्त्र दिवस औपचारिक कार्यक्रम गरी मनाइँदै आएको थियो । बागमती प्रदेशमा प्रदेश सरकार स्थापनापछि मुख्यमन्त्रीको संयोजकत्वमा राष्ट्रिय प्रजातन्त्र दिवस मूल समारोह समिति गठन गरी विशेष कार्यक्रम गरी मनाइँदै आएकोमा यो वर्षको प्रजातन्त्र दिवस औपचारिकतामा सीमित हुने भएको छ ।

प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको समन्वयमा रचनात्मक एवं मञ्चको कार्यक्रम गरी २००७ सालमा परिवर्तन र प्रजातन्त्र स्थापनाका सहादत प्राप्त गर्ने शहीदहरूको योगदानको स्मरण र उनीहरूको सम्मान अघिल्ला वर्षहरूमा गरिँदै आएको थियो । तर यो वर्ष मन्त्रालयले फागुन ६ गतेदेखि तीन दिनसम्म झन्डा फहराउने र प्रदेशका मन्त्रालय र अन्तर्गतका कार्यालय र निकायहरूका वेबसाइटमा सन्देश प्रवाह गरी मनाउने निर्णय गरेको छ ।

मन्त्रालयले नेपाल सरकार गृह मन्त्रालयको निर्णयअनुसार भन्दै प्रजातन्त्र दिवस मनाउन छबुँदे कार्यक्रम आफ्नो वेबसाइटमार्फत सार्वजनिक गरेको छ । प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेशको मन्त्रालय, आयोग, सचिवालय र निकायलाई प्रजातन्त्र दिवस मनाउने सम्बन्धमा मन्त्रालयको निर्णयअनुसार भन्दै प्रदेश मन्त्रालय र अन्तर्गतका कार्यालय र निकायहरूका वेबसाइटको होमपेजमा राष्ट्रिय प्रजातन्त्र दिवस भव्यताका साथ मनाऔँ भन्ने सन्देश प्रवाह गर्ने भनेको छ । मन्त्रालयका शाखा अधिकृत एवं सूचना अधिकारी पेसलकुमार पोखरेलले यो वर्ष विशेष कार्यक्रम गरी प्रजातन्त्र दिवस मनाउने कार्यक्रम नरहेको जानकारी दिनुभयो । यो वर्ष प्रजातन्त्र दिवसका अवसरमा के के कार्यक्रम तय भएका छन् भन्ने गोरखापत्रको जिज्ञासामा उहाँले भन्नुभयो, “मन्त्रालयको वेबसाइट मन्त्रालयको निर्णयअनुसारको कार्यक्रम राखेका छौँ, प्रजातन्त्र दिवस मनाउन विगतमा जस्तो समिति गठन भएको छैन र औपचारिक मञ्चको कार्यक्रम गर्ने गरी कार्यक्रम तय भएको छैन ।”

विगतका वर्षहरूमा प्रजातन्त्र दिवस मनाउन मुख्यमन्त्रीको संयोजकत्वमा प्रदेशस्तरमा मूल समारोह समिति गठन गरी औपचारिक कार्यक्रम हुँदै आएको थियो । गत वर्ष प्रजातन्त्र दिवसको अवसरमा औपचारिक मञ्चको कार्यक्रमसँगै तीन दिनसम्म हेटौँडामा सरसफाइ, साइकल ¥याली, दीपावली, राष्ट्रिय झन्डा सरकारी कार्यालय, सार्वजनिक संस्था र घर–घरमा राख्ने र अन्तरसंवाद कार्यक्रम गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

भर्खरै प्रकाशित

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज