हिजो फागुन ६ गतेदेखि प्रारम्म भएको नेपाल कम्युनिष्ट पार्टी राष्ट्रिय एकता अभियानको केन्द्रिय कमिटीको बैठक आज पनि जारी रहेको छ ।
ललितपुरको धोबिघाटस्थित सिद्धार्थ कटेजमा बैठकको उदघाटन गर्दै पार्टीका अध्यक्ष वामदेव गौतमले १३ पृष्ठको राजनीतिक र सांगठानिक प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो । त्यसपछि प्रादेशिक आधारमा समूह बिभाजन गरी प्रतिबेदनमा छलफल चलाईएको थियो । छलफलमा उठेका प्रश्नहरु समूहका प्रतिनिधिहरुले प्रस्तुत गर्नु भएको थियो ।
अध्यक्ष गौतमले छलफलमा उठाईएका जिज्ञासाहरुको जवाफ दिंदै प्राप्त सुझावहरुलाई समेटेर प्रतिबेदनमा संशोधन गरेपछि प्रतिबेदन सर्बसम्मतिबाट पारित गरिएको थियो ।
फागुन ६ गतेदेखि सुरु भएको केन्द्रीय कमिटी बैठक आज फागुन ७ गते पनि जारी छ । आज ललितपुरको भैंसेपाटीस्थित अध्यक्ष गौतमको निवासमा चलिरहेको छ । आजको बैठकमा अध्यक्ष गौतमले संशोधित बिधान प्रस्तुत गर्नु भएको छ । बिधानमा छलफल जारी रहेको जनाईएको छ ।
बैठक भोलि ८ फागुनसम्म बस्ने जनाईएको छ ।